सुर्खेत : नेकपा एमालेले समानुपातिकतर्फ कर्णाली प्रदेशमा सबैभन्दा बढी मत ल्याएको छ । एमालेले देशभरी २२ लाख मत कटाउँदा आइतबार विहानसम्म कर्णाली प्रदेशमा गणना भएको कुल पाँच लाख ११ हजार ९२९ मतमध्य एमालेले एक लाख ६६ हजार ९२९ मत ल्याएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको एक लाख ५३ हजार ८६६ र नेकपा माओवादी केन्द्रको १ लाख २३ हजार ८५३ मत पाएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले ३० हजार ४३० मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको १७ हजार ४८३ मत आएको छ ।
Post a Comment