दैलेख निर्वाचन क्षेत्र न २ मा काङ्ग्रेस का दिकपाल शाही ८३० मत ले अगाडि

दैलेख निर्वाचन क्षेत्र नम्बर 2 मा नेपाली कांग्रेस ले अग्रता लिएको छ । हालसम्मको मतपरिणम अनुसार नेपाली कांग्रेस का प्रतिनिधि सभाका उम्मेदवार दिक्पाल कुमार शाही 830 मतले अग्रता लिएका छन ।
अहिले सम्म 6125 मत गणना हुँदा शाहीले 2893 मत पाएका छन । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मी प्रसाद पोखरेलले 2063 मत ल्याएर पछ्याएका छन् ।
त्यसैगरि नेपाल मजदुर किसान पार्टीका उ्मेदवार केशेन्द्र कार्कीले 684 मत , राष्टिय स्वतंत्र पार्टीका बखत भण्डारीले 143 र राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र राज गिरीले 48 मत पाएका छन्। मत गणना जारिनै छ।

Post a Comment

Previous Post Next Post