सुर्खेत : नेपाली कांग्रेसका उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर खड्काले अग्रता कायम गरेका छन् ।
खड्कालाई एमालेका उम्मेदवार धुर्व शाहीले पछ्याइरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका शाहीलाई ६ हजार ८ सय ६० मतान्तरले पछि पारिरहेका छन् ।
अहिलेसम्म ५३ हजार २०० मत गणना भएको छ । त्यसमध्ये खड्काले २८ हजार ७ सय ७७ मत पाएका छन् भने एमाले नेता शाहीको पक्षमा २१ हजार ६०८ मत आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ४ सय २९२ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का छत्रपति थापाले ३ सय ९५ मत पाएका छन् ।
Post a Comment