कर्णालीमा प्रत्यक्षतर्फ एमाले पहिलो समानुपातिकमा

 सुर्खेत : कर्णाली प्रदेशमा प्रत्यक्ष तर्फ नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ । मंगलबार सम्मको नतिजाअनुसार ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार ९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो भएको हो ।

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा (माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियातमा बनेको छ । माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ । एकीकृत समाजवादीले ३५ हजार ८२६ भोट ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टी ८ हजार ९९३ ,नेकपा माले ३ हजार ९९ भोट ,  नेकपा माओवादी समाजवादीले १ हजार ८७१ भोट , राष्ट्रिय जनमोर्चा १ हजार ८३६ भोट , हाम्रो नेपाली पार्टी १ हजार ६६२,  जनता समाजवादी पार्टी, नेपाल १ हजार १२४ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ , मंगोल नेशनल अर्गनाइजेशन ५७४ , नेपाली कांग्रेस (बीपी)५३८ , विवेकशील साझा पार्टी ४८९ ,जनसमाजवादी पार्टी, नेपाल ४४५ ,नेपाली जनता दल ४२३  भोट रहेको छ । 

Post a Comment

Previous Post Next Post