कालीकोटबाट कर्णाली पूर्वमुख्यमन्त्री निर्वाचित

सुर्खेत : कालीकोटबाट प्रतिनिधि सभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मत अन्तरले एमालेका उम्मेदवारलाई हराएका हुन्। वाम–लोकतान्त्रिक गठबन्धनबा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्।

उनका निकटम प्रस्तिपर्धी नेकपा एमालेका उम्मेदवार नगीन्द्र शाहीले १६ हजार ४१० मत पाएका छन्। निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।

Post a Comment

Previous Post Next Post