सुर्खेत : कालिकोट प्रतिनिधि सभासभामा एमालेको सुरुवाती अग्रता कायम गरेको छ। मंगलबार १ बजे बाट सुरु भएको मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको हो।
प्रतिनीधिसभाका २७१ गणना गर्दा नेकपा एमालेका उम्मेदवार नगेन्द्र शाही नेशनल ले एक सय १८ मत ल्याएका छन । भने उनका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले एक सय १५ मत ल्याएका छन।
राप्रपाका धनबहादुर बुढा ९, नेमकिपाका खड्गराज शाही १३, विपी कांग्रेसका पंखबहादुर विष्ट शुन्य, स्वतन्त्र उम्मेदवार रहनु भएका काशीचन्द्र बरालले ९ मत र स्वतन्त्र उम्मेदवार रहनु भएका धनप्रसाद पाण्डेले शुन्य प्राप्त गरेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ। सात वटा मत बदर भएको कार्यालयको भनाई रहेको छ।
कालिकोटमा स्थानीय तहको निर्वाचनमा नौ वटा स्थानीय तहका ८२ वडामध्ये ५० वडामा माओवादी केन्द्र विजयी भएको थियो।
Post a Comment