सुर्खेत : कर्णालीबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ विभिन्न दलबाट ९ जना सांसद सिफारिस भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदमा ८ जनाको नाम सिफारिस भएको हो।
निर्वाचन आयोगमा सिफारिसमा परेका ९ मध्ये ८ जना महिलाको प्रतिनिधित्व रहेको छ।
जसमा सिफारिस हुनेहरुमा नेकपा एमालेबाट दैलेखकी सूर्यकुमारी श्रेष्ठ आदीवासी जनजाती र रुकुमपश्चिम दलित कोटाबाट चन्द्रबहादुर विश्वकर्मा रहेका छन्।
कर्णालीमा पहिलो दल बनेको एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुनै पनि सिटमा जित हासिल गर्न सकेको छैन।
माओवादीबाट जुम्लाकी छिरिङ ल्यामु लामा तामाङ पिछडिएको क्षेत्र, रुकुमपश्चिमकी ३३ वर्षीया कल्पना मियाँ ९मुस्लिम० र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुम्लाकी बिनिता कठायत प्रतिनिधि सभामा समानुपातिक सांसद चयन भएकी छन्। तामाङ आदिवासी जनजाती र कठायत पिछडिएको क्षेत्र महिलाबाट सांसदमा सिफारिस भएकी हुन्।
यस्तै राप्रपाबाट सल्यानकी अनिषा नेपाली सिफारिसमा परेकी छन्। नेपाली दलित कोटाबाट सिफारिसमा परेकी हुन्। कर्णालीमा १२ वटा प्रतिनिधि सभाका प्रत्यक्ष सिटमा कांग्रेसले ४ सिटमा जित हाँसिल गरेको छ भने, माओवादी केन्द्रले ४, नेकपा एकिकृत समाजवादीले ३ र राप्रपाले १ सिट जितेको छ।
Post a Comment