जाजरकोट जीप दुर्घटना : ११ जनाको मृत्यु

 सुर्खेत : जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु  भएको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो । 

चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो । 

 अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ । 

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका– २ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई गाउँपालिका दैलेख अम्मर बहादुर खड्का,भगवतीमाई –३ दैलेख

 सुरेन्द्र केसी, छेडागाड नगरपालिका–६ जाजरकोटका वीर बहादुर खत्री, छेडागाड ५ जाजरकोट जयकुमार बुढा,छेडागाड ५ जाजरकोट नैसरा अधिकारी– 

छेडागाड ६  जाजरकोटका राम बहादुर बुढा, छेडागाड ५ जाजरकोटका दीपक अधिकारी,छेडागाड ५ जाजरकोटका देवीसरा बुढा,छेडागाड ५ जाजरकोटका

 अम्मर बहादुर अधिकारी र छेडागाड जाजरकोट निशा अधिकारी  रहेको प्रहरीले जनाएको छ । 

घाइते भएका छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

Post a Comment

Previous Post Next Post