पुस १ देखी बुद्ध एयरले एटिआर ७२ विमानबाट सुर्खेत -काठमाडौं नियमित उडान गर्ने

 सुर्खेत : बुद्ध एयरले पुस १ गते देखि काठमाडौं-सुर्खेत उडान एटिआर ७२ जहाजबाट उडान गर्ने भएको छ । बुद्ध एयरले सो गन्तव्यमा एटीआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ । यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुद्धले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न लागेको हो । जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुद्ध एयरले विश्वास लिएको छ ।

हाल सञ्चालनमा रहेको एटिआर ४२ उडानबाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसाथ गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको जनाएको छ । सानो जहाजको सञ्चालन गर्न उच्च हुने हुँदा भाडादरमा प्रत्यक्ष प्रभाव पारेको छ । सुर्खेतका लागि न्यूनतम भाडादर ७ हजार बाट सुरु हुने र माग अनुसार दैनिक २ उडान पनि बुद्धले गर्ने जनाएको छ । काठमाडौंबाट बिहान १० बजे र सुर्खेतबाट ११ः३५ बजे सुर्खेतबाट काठमाडौंका लागि उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

Post a Comment

Previous Post Next Post