सुर्खेत : कर्णाली प्रदेशमा ५ वटा पार्टीले मात्र समानुपातिकमा सिट पाएका छन् । एमालेले ५ सिट, कांग्रेसले ५, माओवादीले ४, नेकपा एसले १, राप्रपाले १ सिट पाएका छन् ।
समानुपातिक निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा एक दशमलव पाँच प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्नेले सिट पाएका हुन् । कर्णालीमा नेमकिपाले १।५९९ प्रतिशत पाए पनि मतभार कम भएकाले सिट पाउन सकेन ।
Post a Comment