सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको पञ्चपुरी नगरपालिका –३ तोक्माका अमर बहादुर आले मगरले पत्नीको वीभत्स हत्या गरेका छन् । हत्यापछि आलेले पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर हिडिरहेको स्थानियले बताएका छन् ।
भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० वर्षीया मिना आले मगरलाई आलेले खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेको प्रहरीले जनाएको छ । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले आलेलाई पक्राउ गरेको हो ।
आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
Post a Comment