दैलेखको यस्तो गाउपालिका जहाँ कर्मचारि मात्र हैन गाउपालिकाको नामांकित बोर्ड पनि कोलिया भित्र छिरेको छ



तपाइले कतै अस्तव्यस्त गाउपालिका भनेको सुन्नु भएको छ अथवा देख्नु भएको छ ? छैन भने दैलेख जिल्लाको भैरवी गाउपालिकामा जानुहोस जहाँ हैर्दै तिन छक पर्नुहुने छ । 

यहाँ अच्चम अच्चमका दृश्यहरू देखिने रहेछन जुन हामिले पनि देख्यैा हामि करिव साढे ९ बजे भैरवि गाउपालिका पुग्यैा जहाँ दिनको ११ बजे सम्म पनि कार्यालयका पुरा कर्मचारी कार्यालयमा पुगेनन ।कर्मचारीको अनुपस्थितिमा प्राय दिनहरूमा भैरवि गाउपालिकाका विषयगत शाखा नाम मात्रैका भएका छन्। विषयगत शाखामा कर्मचारी नहुँदा नाम मात्रैका शाखा भएका हुन्। कर्मचारिको उपस्थिति नहुदा स्थानीय तहमा सेवाग्राहिले समस्या झेल्दै आएका छन्। 

भैरवि गाउपालिकाको विषयगत शाखामा कर्मचारी प्राय उपस्थित नहुदा सेवाप्रवाहमा समस्या भएको स्थानीयहरू बताउछन । साबिकका कार्यालयबाट पाउने सेवा समेत पाउन नसकेको स्थानीयको गुनासो छ।

हामिले गाउपालिकाको अनुगमन गर्दे गर्दा १०।४५ बजेको थियो जहाँ गाउँपालिकाको स्वास्थ्य, स्टोर लगायतका शाखा कर्मचारी विहिन थिए अझ भनैा स्टोर साखामा त झन भोटे ताल्चा लागेको थियो गाउँपालिकामा उपस्थित कर्मचारिहरू पनि विषयगत शाखामा काम चलाउ मात्रै कर्मचारी रहेका र केही शाखा कर्मचारी विहिन रहेको दृश्य देखियो ।

यो भन्दा अच्चमको दृश्य अर्को छ यस गाउपालिकाको बाहिर गाउपालिकाको कार्यालय हो भनेर हामिले चिन्न सक्ने कुनै माध्याम छैन मानैा कोहि व्यक्ति गाउपालिका प्रवेशका लागि जादा कसैको घर हो अथवा गाउपालिका भन्ने बारे नजिकका व्यक्तिलाइ सोध्न पर्ने अवस्था पनि छ । भैरवि गाउपालिका हो भन्ने त्यतिखेर थाहा हुन्छ जतिखेर कुनै व्यक्ति उक्त पालिकाभवनको कोलियामा पुगेर भैरवि गाउपालिका लेखियको बोर्ड राखेको देख्छ ।

हेर्नुहोस गाउपालिकाका केहि अस्त व्यस्त चरित्र










Post a Comment

Previous Post Next Post