विश्व भुमण्डलिकरणकाे तीव्र बिकासले सामाजिक , सांस्कृतिक, अार्थिक ,राजनीतिक पर्यावरणीय एवम् यावत सकारात्मक परिवर्तनका संवाहकहरुलाई एकत्रित गर्दै समाजउन्मुख माेडालिटीहरुकाे विकाससंगै विश्वलाई एउटा अाधुनिकताकाे छानाेकाे रुपमा संयाेजन दिलायाे। प्रारम्भमा सामाजिकतालाई ज्याेतिषिय युगमा पुस्तान्तरणकाे विकास गराई साेहिवमाेजिम प्रक्रियागत परिवर्तनको जग बसालेकाे त्याे युगान्तर समय बदलिँदाे समयाक्रमसंगै वैज्ञानिकताकाे विजाराेपन गर्दै फरक धार अंगालेर बिकासकाे स्थायित्व एवम् रुपान्तरणका लागि अन्वेषण तथा प्रविधिको तिव्र विकासलाई जाेड दिई हाल सैद्धान्तिक रुपमा गुरुयोजना तय भई कार्यारम्भ हुन थालिरहेकाे छ। त्यस्तै कालान्तरमा पछाैटेपनले व्याप्त नेपालमा विश्वव्यापीकरण एवम् उदारीकरणकाे वढ्दाे प्रभाव पर्न गई वैज्ञानिक उदारवादकाे वर्चस्व हुन थाल्यो र नीतिगत व्यवस्थाहरुलाइ अाधार मानि सैद्धान्तिक विचारहरुलाइ संस्थागत संयन्त्रहरुकाे रुपमा खाका काेरेर विकासलाई खण्डित गरि रुपान्तरणकाे अाधार स्तम्भ तयार भइरहेका छन । याे सकारात्मक उपजकाे देन हाे।तथापि अार्थिक विकासलाई अाधारशिला बनाएका पूर्विय मुलुकहरुकाे व्यवस्थालाई अनुसरण गर्न नसक्नुले नेपालकाे विकास प्रक्रिया मन्द गतिमा गइरहेको अवस्थामा राजनैतिक वैचारिकताकाे उच्च हावि हुनुले झन ऋणात्मक भारले थेचारिदिएकाे छ । याे समृद्ध नेपालकाे परिकल्पनाका लागि दुर्भाग्यपूर्ण क्षण हाे । त्यस्तै प्रजातन्त्रकाे अास्थाहरुलाई अनुसरण गरेकाे लाेकतन्त्र र लाेकतन्त्रलाइ विस्तारित गर्न रुपान्तरित गणतन्त्रमा नेपालकाे संविधानले व्यवस्था गरेको संघियता झन बाेझिलाे बन्दै गइरहेको गुणात्मक र परिमाणात्मक दृष्टिकोण अाैल्याउन सकिन्छ । राजतान्त्रिक राज्यव्यवस्थालाई च्युत गरि संघियताकाे प्रतिफल संघकाे बढ्दाे कार्यभारलाई विभाजन गरि प्रदेशलाई व्यवहारगत रुपमा कार्यविहिन तर मध्यस्थताकाे उपमा दिदै स्थानिय तहमा काम, कर्तव्य र अधिकार विभाजन गरियाे। यसले शिक्षा ,स्वास्थ्य,यातायात सञ्चार ,खानेपानी लगायत भाैतिक पूर्वाधारकाे क्षेत्रमा दुर दराजसम्मका जनमानसमा पुग्नु वन्चित सुबिधाहरकाे उपयाेग एवम् माैलिक हककाे प्रत्याभुति प्राप्तिकाे अाभाष पाउनु हाे ।
तर केही त्यस्ता समस्या एवम् चुनाैतिहरुले जेलिएकाे मेराे स्थानिय पालिका ठाकुरबाबा नगरपालिका र यस अन्तर्गतका वडा तहमध्ये भाैगाेलिकताले क्षेत्रफलगत र जनसंख्याकाे रुपमै ठुलाे रहेकाे वडा नं. २ विकासको सुस्तताले चपेटिरहेकाे अवस्था छ। भाैगाेलिक रुपमा तराई क्षेत्रले अावरण दिलाएकाे यस क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जले घेरिएको तर जंगली जनावरहरु बाघ, हात्ती अादिकाे बढ्दाे अातंक र यससँगै केहि सानातिना खाेलानालाहरु बिशेषत: अाम्बासा र अाेरै खाेलाहरुले बर्खायाममा जनजीविकामा पारेकाे प्रभावकाे उचित व्यवस्थापन गर्न नसक्नु र साेहिप्रति मुखदर्शक भई लाचारिपन देखाउनु प्रतिनिधिमुलक पात्रकाे विल्ला अाेढेका जनप्रतिनिधिहरुकाे अाश्वासन केवल स्वप्न गगनमा रम्झमाउनु शिवाय विकासकाे वास्तविक अवस्थाकाे चित्रण गर्न सकिदैन। यसकाे मुख्य कारककाे रुपमा गुठगत राजनीति र राजनितीक संरक्षणले प्रशय पाइरहेका कार्यकर्ताकाे सर्वनामले स्थापित बिचाैलियातन्त्रकाे हावि उच्च रहनु विकासकाे बाधक चरित्रार्थ हुन पुगेकाे छ । केही मलाई देउ र केही तिमी खाउ भन्ने यस्ताे मानसिकताले ग्रसित यस क्षेत्र भ्रष्टाचार र बेथितिले भविष्यमा नजिरकाे रुपमा अभिलेखिकृत नहाेला भन्न सकिदैन ।
यसर्थ सम्बन्धित निकायले ती कर राजस्वका ध्याैतक जनताप्रति लचक भएर समन्वयात्मक भुमिकामा रहि वादविवाद र सम्बादकाे परिणाममुखी निष्कर्षमा पुग्नु जरुरी छ । अन्यथा शैक्षिक चेतना र सशक्तीकरणकाे बुलन्द अावाजले पदीय मर्यादाप्रति रचनात्मक प्रश्न खडा हुन नसक्ला भन्न सकिदैन । अन्ततः यसप्रति प्रशासनिक संयन्त्रका कर्मचारीतन्त्र र जनप्रतिनिधिले पहल कदमि चाल्नु अपरिहार्यता देखिन्छ ।
लेखकः धनन्जय रिजाल
बर्दिया
Post a Comment