कविता बन्धक
एक प्राणी मनुवा पनि बन्धक मा छ ! जसरी पिजडा मा एक प्राणी सुगा छ ,
सुमधुर कण्ठ को उपयोग निकै चलाखिले गर्छ उ ,
सबैथोक छ सुन्दर बास-मसिनो भोजन-स्वादिष्ट जलपान छ,
लाग्ने लाई उत्साहनै देखिन्छ ,
कस्लाइ थाह छ
उ बन्धक मा छ ?
अवस्था पनि उमंग मा नै छ ,
ब्यबस्था पनि आनन्दित नै छ !!
माकुरोको प्राण जसरी सकिन्छ
आफ्नै जालो मा ,
जगत को एक प्राणी बन्धक छ
आज आफ्नै जालो मा !!
एक प्राणी मनुवा पनि बन्धक मा छ,
जसरी पिजडा मा एक प्राणी सुगा छ !!
लेखक विश्वाश शाह
हाल चुरे क्याम्पसका स्ववियु सभापति तथा
बर्दिया जिल्लाका चर्चित ने.वि.संघका एक
विकाशप्रेमी युबा समाजसेवि हुन ।
Post a Comment