समस्यामा किसान : रोपेको धान सुक्न थालेपछि धनुष बाबालाई चढाए दुध

धनुषा आकाशे पानीको भरमा धनुषा सहित मधेस प्रदेशमा रोपिएको धान सुक्न थालेको छ । पानी नपरेर दिनभर टन्टलापुर घाम लाग्दा सिँचाइ गरेर खेती हुने क्षेत्रका किसानले लगाएको धान बाली सुक्न थालेको हो । 

पानी नभएपछि धान रोपाइँ भएको खेतमा धाँजा फाटेको किसानले बताएका छन् । धनुषामा असार मध्ययता पानी परेको छैन । त्यसअघि परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन् । रोपिएको धान पानी अभावले पहेलिन थालेको किसानहरु बताउँछन्। असार सकिँदा पनि धान रोपाइँले गति लिन नसकेको र रोपेको धान सुक्न थालेपछि यसपालि अन्नको संकट पर्ने चिन्ताले किसान पिरोलिएकाे एक किसान बताए । 

‘मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलेको छ,’ उनले भने । मध्य असारअघिको आकाशे पानीको भरमा एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेको अर्को किसान श्याम साहले बताए । पानीको समस्या हुँदा असार सकिनै लाग्दा पनि जिल्लामा एकतिहाइ धान रोपाइँ सकिएको छैन ।

 पानी नपरेपछि धनुषाधामका आसपासका गाउँलेहरु धनुषाबाबा र इन्द्र भगवानको पूजा गर्दै आकाशे पानी नपरेपछि जिल्लाका महिलापुरुषहरूले इन्द्र भगवान् र धनुषाबाबाको पूजाआजा गरेका छन् । शनीवार बिहानैदेखि धनुषबाबाको दुध चढाएर पुजा अराधना गरेका छन्। पानी परोस् भनेर इन्द्र भगवान् र धनुषबाबाको पूजाको लागि धनुषाधाम आसपासका गाउँलेहरुले पूजाको लागि सहयोग माग गरेका छन् ।



Post a Comment

Previous Post Next Post