सुर्खेत: कम्मरमा निलो पटुकी, टाउकोमा टाटेपाटे फेटा, नाकमा फुलिबुलाखि अनि गुनियोचोलिको साथमा डोको लाम्लो नै उनको साथी थियो । उनको अघि पछि कोहि थिएन । उनी सिजन अनुसार फलफूल र तरकारी बिक्रि गरेर आफ्नो परिवार चलाईरहेको पनि ३ दशक भएको रहेछ । उनको नम्र स्वभाव र मिठो बचनले गदा लगेको तरकारि वा फलफूल सबै बिक्रि हुने गर्दछ ।
आज भन्दा झन्डै ३४ वर्ष अगाडि सुर्खेत झरेकी बिरमा ढकालको जिवन डोको व्यापारले धानेको छ । दैलेखको चामुन्डामा जन्मिएकी ढकालको जन्म वि.स.२०१० सालमा भएको थियो । भिरपाखामा जन्मेकी बिरमाको बाल्यकालदेखि दुःख कष्ट बितेको थियो बोकेकी बिरमाको जिवनले नयाँ मोड ल्यायो ।
यतिका वर्ष सम्मको मेरो असल साथी भनेको ढोको मात्र रहेछ । जसको साहारा म अहिले पनि लिइनै रहेको छु । विना स्वार्थ साथ दिइनै रहेको छ । भनिन्छ कोही नहुनेको भगवान हुन्छन त्यसैले होला मेरा लागि सबै भएर पनि मेरो साथी डोको नै भएको छ । अहिले म एक डोको व्यापारीको रुपमा चिनिएकी छु ।
दैखेखमा जेनतेन चालिरहेको मेरो जिवन सुर्खेत आएपछि फेरियो तर असल साथी भने मेरो लागि डोको नै थियो । बिरमा एक डोरो व्यापारी हुन । उनि भन्छिन, मेरा आफ्ना भन्नका लागि त ४ छोराछोरी र ७ नातिनतिनाहरु छन तर आफ्नो साथमा भने विरामी बुढा मात्र छन ।
दु:सुख गरि जिवन कटाइरहेको थिए । दुख देखेर बुढा पैसा कमाउनको लागि भारत गए तर बुढा फर्किनलाई भने १७ वर्ष लगाए । अन्जान सहरमा म एक्लो भए । ३ छोरी र एक छोरा लिएर अरु केही काम गर्न नसकेपनि डोको बोक्न सकिन्छ भनेर स (साना छोराछोरीलाई घरमा राखि वि।स २०४५ सालदेखि नै डोको बोक्न थाले । जसका कारण अहिले मेरो असल साथी र एक डोरो व्यापारी भएर चिनिएकी छु ।
जेनतेन गरि चलिरहेको मेरो जिवन फेरि अर्को दुखमा अडिएको छ । मेरा बुढालाई फोक्सोमा क्यान्ससर भएको छ । महिनाको एकचोटी अस्पताल आउनु पर्छ बिरामी बुढालाई ल्याएर । आफ्नो आम्दानी भनेको केही छैन डोको नबोकी खानालाई केही पनि हुदैन त्यसैमा बुडालाई पनि हेर्नु पर्छ । जेनतेन गरि दैनिक रुपमा कहिले पाचँ सय त केहीले एक हजार रुपैँया कमाई हुन्छ ।
दिनदुखी भएर जिवन जिउनु भन्दा आफ्ना हात पाखुरा रहुन्जेल सम्म अरुको भरमा नबाचि जिवन धान्न सक्कने क्षमता बनाई रहेकी छु । आफुले सकुन्जेल अरु संग मागेर खानु भन्दा आफ्नो दुस्ख गरेर खानको लागि म एक डोको व्यापारि समेत भएकी हुन ।
छनलाई त छोराछोरी सबै छन ,सबैले आफ्नो आफ्नो गरेर खाएका छन । म पनि आफुले गरेर खानुपर्छ भनेर बिरामी बुढालाई घर राखि आफु व्यापर गर्न थालेको हु । जिवन जिउनको लागि हामी आफ्ै कजोर भयौँ भने, अरु पनिले हेप्न सक्छन, त्यसैले जिवन जिउनु पर्छ । मेरा लागि कुनै नौलो कुरा थिएन डोको बक्नु तर जिवन जिउनको लागि भएपनि आफु यस पेसामा संलग भए ।
अहिले मेरो उमेर ४ बिसैँ ८ भयो, बिरामी बुढाको स्वास्थ्य हेरचाहा गर्नका लागि र घरमा खानको लागि भएपनि मैले यो डोको बक्नै पर्छ । आफुले काम नगरि खान पुग्दैन । बेसाहारा भएर जिवन कटाउनु भन्दा त डोको बोकेर जिवन कटाउछु भनि लागि परेको छु । त्यसैले गर्दा मेरा लागि मेरो असर साथी डोको र म एक डोको व्यापारी भएकी छु ।
Post a Comment