सुर्खेत : उच्च अदालत सुर्खेतका मुख्य न्यायधिस माधव पोखरेलले पिडितलाई राहात दिनका लागि पिडित राहातकोषबाट न्याय दिने गरेको बताएका छन ।
अन्र्तराट्रिय न्याय दिवसको अवसरमा इन्सेकले आयोजना गरेको अदालतबाट हुने फैसला र कार्यान्वयनको अवस्था अन्तरक्रिया कार्यक्रममा मुख्य न्याधिस पोखरेल यस्तो बताएका हुन ।
पिडितलाई न्याय दिनका लागि यस्ता खालका जनचेतना अभिवृद्धी गर्ने बताएका छन । उनले समाजमा अपराधिलाई जोगाउने चलन बढिरहेको हुँदा कर्णालीमा पिडितले न्याय पाउनका लागि कठिनाई हुने गरेको बताए । जनशक्ति र फैसलाबिच तालमेल हुन नसक्दा न्यायमा ढिलाई भएको बताएको जानकारी दिए ।
न्याधीस विष्णु पोखरेलले फैसला राम्रो संग नगर्दा राम्रो मान्छेहरु नराम्रो बन्दै गएको बताए । उनले अबको फैसलाहरु राज्यको निकायलाई नै गर्न दिनुपर्नेमा ध्यायन आकर्षण गएका छन । कर्णालीमा दक्ष जनशक्तिको अभाव हुदा समयमा काम हुन नसकेको जानकारी दिए । यस्तै न्याधिस पुनम चन्दले फैसला न्यायको उपभोगका लागि गरिने गरेको बताईन । अदालतको फैसला मात्र होइन कार्यान्वयन हुनु नै न्याय भएको बताएकी छिन ।
यस्तै इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले अदालले गरेको फैसला कार्यान्वयनका लागि सबैले आ आफ्नो ठाँउबाट सहयोग गनुपर्ने बताएका छन ।
Post a Comment