सुर्खेत : कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक प्रमाणिकरण भएको छ । प्रदेश सभाबाट पारित भएको ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) विधेयक’ प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेपछि विधेयक ऐन बनेको हो ।
प्रदेशसभा सचिवालयको पत्रअनुसार प्रदेश प्रमुख परियारले बिहीबार विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश र स्थानीय तहका पदाधिकारी, प्रदेशस्थित संघ, प्रदेश तथा स्थानीय तहका सरकारी निकाय र संस्थानका जनशक्तिको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नुका साथै संस्थाको नियमन र विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्न प्रतिष्ठान सञ्चालन गरिने प्रस्तावनामा उल्लेख छ ।
स्वशासित र सङ्गगठीत संस्थाका रुपमा यसलाई लिइएको छ । यो प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रशिक्षण परिषद र प्रशासनिक कार्य सञ्चालनका लागि कार्यकारी समिति गठन हुने उल्लेख छ ।
Post a Comment