सुर्खेत : कर्णाली प्रदेशका ३२ जना उम्मेद्वारलाई निर्वाचन आयोगले जरिवाना गर्ने भएको छ । गत वर्षको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारले हालसम्म पनि निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेशबाट प्रतिनिधि सभा सदस्य तर्फ कुल ७४ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्ये ७४ जना उम्मेद्वारले मात्र निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बाँकी १६ जनाले खर्च सार्वजनिक गरेनन् । त्यसैगरी प्रदेश सभा निर्वाचन तर्फ कर्णालीमा १ सय १६ जनाले उम्मेद्वारी दिएका थिए ।
जसमा एक सय जनाले खर्च विवरण सार्वजनिक गरे भने १६ जनाले हालसम्म पनि निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छैनन् । खर्च विवरण सार्वजनिक नगर्नेहरुमा स्वतन्त्र उम्मेद्वार देखि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका उम्मेद्वार छन् ।
प्रतिनिधि सभा निर्वाचन तर्फ जुम्लामा रतननाथ योगी नेकपा एमाले, ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी, डा. कलबहादुर रोकाया स्वतन्त्र, गोमा गौतम कुँवर माओवादी केन्द्रले खर्च विवरण सार्वजनिक गरेका छैनन् । मुगुमा नेपाली काँग्रेसका उम्मेद्वार ऐनबहादुर शाही ठकुरी र स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर सेजुवालले खर्च विवरण सार्वजनिक गरेका छैनन् ।
डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अंगदकुमार बुढा, दैलेखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ईन्द्रप्रसाद शर्माले निर्वाचन खर्च विवरण सार्वजनिक गरेनन् । यस्तै कालीकोटमा धनबहादुर बुढा ९राष्ट्रिय प्रजातन्त्र पार्टी, पंखबहादुर विष्ट नेपाली काँग्रेस–बी.पी. र स्वतन्त्र उम्मेद्वार धनप्रसाद पाण्डले खर्च विवरण सार्वजनिक गरेका छैनन् ।
सुर्खेतमा शेरबहादुर घर्तीमगर ९मंगोल नेशनल अर्गनाइजेसन, कर्णबहादुर थापा जनता समाजवादी पार्टी, नेपाल, टेक्मल दमाई नेकपा माओवादी समाजवादी, दिपबहादुर नेपाली जनता समाजवादी पार्टी, नेपाल र कुमारी राई नेश्नलिष्ट पिपल्स पार्टीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छैनन् ।
कर्णाली प्रदेश सभा तर्प १६ जना उम्मेद्वारले समेत निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा तर्फ जुम्लामा धिरेन्द्रराज गिरी नेकपा एमाले, टेकराज पछाई नेकपा एमाले, पदमबहादुर रोकाया ९नेकपा एकिकृत समाजवादीले खर्च विवरण सार्वजनिक गरेका छैनन् । मुगुमा मानबहादुर ऐडी स्वतन्त्र, कर्णबहादुर मल्ल ९नेकपा एमाले, जगतबहादुर धामी ९स्वतन्त्र० कालिकोटमा कर्णबहादुर विष्ट नेपाली काँग्रेस बीपीले समेत खर्च विवरण सार्वजनिक गरेका छैनन् ।
यस्तै सुर्खेतमा गंगे कामी जनता समाजवादी पार्टी, नेपाल, देवबहादुर चन्द ९स्वतन्त्र०, कृपाराम वस्नेत ९जनता समाजवादी पार्टी, नेपाल, भोजप्रसाद चपाई नेकपा माओवादी समाजवादी, पुर्णबहादुर सुनार नेपाल लोकतान्त्रिक पार्टी० र कर्णबहादुर रेगामीमगर राष्ट्रिय प्रजातन्त्र पार्टीले हालसम्म पनि निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको आयोगले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रही जुम्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित ज्ञानबहादुर शाही ज्ञानेन्द्र० अहिलेसम्म पनि आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छैनन् । यस्तै जुम्लामा प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं। १ (ख)का टेकराज पछाई कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत भएका थिए ।
हाल उनी प्रदेश सभामा प्रदेश मामिला समितिको सदस्य समेत छन् । राप्रपा सांसद शाही र पूर्वमन्त्री पछाई समेत जरिवाना सूचीमा रहेको निर्वाचन आयोगले जनाएको छ । जरिवाना वापतको रकम तोकिएको समयमा नबुझाए आगामी निर्वाचनमा भाग लिन नपाउने निर्वाचन आयोगले चेतावनी समेत दिएको छ ।
Post a Comment