जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ । गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए ।
उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताएका छन ।
Post a Comment