सुर्खेत : कणाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको छ । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्माले लोगो सार्वजनिक गरेका हुनु ।
उनले वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत ईन्द्रपुरका कृषक तुल्सीप्रसाद गौतम र वडा नं.११ का नन्दाकुमारी पोखरेललाई पहि¥याएर प्रदेश सरकारको लोगो सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले प्रदेश सरकारको अर्गानिक अभियानलाई घोषणाको तहमा लैजान सहयोग पु¥याउने कार्यक्रमलाई प्राथमिक राखिने बताए ।
“हामी कृषि तथा वन पैदावरमा आधारित उद्योग सञ्चालन गर्छौ,” उनले भने, “बजारीकरण र मूल्य श्रृङ्खलामा किसानलाई जोडेर लैजान्छौं । रैथाने बालीको प्रवद्र्धन र ढिकी, घट्ट, ओखल जस्ता परम्परागत उद्योगका विषयमा पनि एउटा सोच निर्माण गर्छौं ।” मुख्यमन्त्री शर्माले कृषि मन्त्रालयबाट पहिलोपटक प्रकाशन गरिएको ‘कृषि तथा पशुपंछी डायरी २०८०’ को समेत विमोचन गरेका थिए ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले पौष्टिक आहारयुक्त रैथाने अन्न कर्णालीमा पाइने तर कुपोषित, पुट्का, ख्याउटे बालबालिका पनि कर्णाली रहेको भन्ने अन्तरविरोधी भ्रम चिरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । माटो परीक्षण, सिंचाई, कृषि र पशुपालन गर्न सकिएमात्र सरकारले थालेको प्राङ्गारिक प्रदेश निर्माणको अभिायनले सार्थकता पाउने उनको भनाई थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले उत्पादनका हिसाबले कर्णाली कमजोर नरहेको तथापि वृद्धि गर्नतर्फ अग्रसर हुनुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिए । उत्पादनका दृष्टिकोणले सबैभन्दा बढी काठमाडौं परनिर्भर रहेको उनको जिकिर थियो । मन्त्री जिसीका अनुसार बाँझो जमीन उपयोगको नीतिलाई कार्यान्वयनमा ल्याउन सरकार लागि परेको छ ।
जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विकले प्राङ्गारिक उत्पादनका लागि भूगोल अनुसारको माटो परीक्षण, उच्च मूल्यको रैथानेबाली उत्पादनमा जोड दिनुपर्ने धारणा राखेका थिए । स्वस्थ जनशक्ति निर्माणका लागि रैथानेबाली उत्पादन कर्णालीका लागि अनिवार्य शर्त हुनुपर्ने उनले जिकिर गरेका थिए।
उक्त कार्यक्रमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा.राजेन्द्रप्रसाद मिश्रले भोकमरी र गरिबी भएको ठाउँमा प्राङ्गारिक कृषि किन रु भन्ने प्रसङ्ग उठान गर्दै कर्णालीको प्राङ्गारिक ईतिहास, यहाँको वर्तमान र खाद्य सुरक्षा अवस्था, यसको उत्पादन, आय बढाउने मूलमार्ग, गुणस्तरीयता र निरन्तरतालगायतका विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरेका छन ।
त्यस्तै, प्राङ्गारिक मलको पहिलो कारखाना पशुपालन भएको बताएका सचिव डा.मिश्रले प्राङ्गारिक प्रदेश निर्माणको अभियान लक्ष्यमा पु¥याउन स्थानीय तहको वडादेखि संघ सरकार, राजनीतिक दल, नीजि क्षेत्र, नागरिक समाजलगायत सबै सरोकारवालाहरुले स्वामित्व लिनुपर्नेमा जोड दिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्णाल प्रदेशका सचिव डा।नरहरिप्रसाद घिमिरेले कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले लिएको प्राङ्गारिक प्रदेश निर्माणको अभियानका लागि मन्त्रालयले निर्माण गरेको नीति, ऐन, नियमावली, कार्यविधि, मार्गदर्शनसहितको योजना, कार्यक्रमबारे समाविष्ट कार्यपत्र प्रस्तुत गरेका छन ।
मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णालीका किसानको सम्पदा लेखेको ‘मूल्यवान’ लोगो यहाँका १२ वटा समुह सहकारीलाई प्रदान गरिएको बताए । “कर्णालीले जे उत्पादन गर्छ ती सबै मूल्यवान छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनेछ,” प्रवक्ता कठायतले भने, “मूल्यवान लोगो अंकित अदुवा, टिमुरलगायतका यहाँका उत्पादन युरोप पुगेका छन् ।”
यसले कर्णालीको पहिचान अन्तर्राष्ट्रिय जगतमै पु¥याएर देशको सान बढाउन सहयोग पुगेको उनको भनाई थियो । उक्त कार्यक्रममा युएसएड, भकारी, मर्सिक्रोप्स, जिआईजेट ग्रेप, डिसिए, लि–बर्ड ग्रीन कर्णालीको सहकार्य रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रममा स्थानीय पालिका, उद्योग बाणिज्य संघ, सहकारी, कृषि क्षेत्रका विज्ञ, किसानलगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
Post a Comment