बिपि कोइराला को ४१ औ स्मृतिदिवस को अवशरमा ने.वि.संघ र स्व.वि.यु द्रोणाचल क्याम्पसको पहलमा बृक्षारोपण

 गरे के हुदैन, के विकाश गर्न ठुलै कर्म गर्न पर्छ र हुन त बृक्षारोपण गरेर एउटा क्याम्पसलाइ हरियाली बनाउन सामान्य कुरा होइन नि ! हो यस्तै दैलेखको द्रोणाचल क्याम्पसमा पनि पहिले भन्दा फरक, पहिले भन्दा अाकर्षक र हेर्दा चिटिक्क परेको देखिन्छ द्रोणाचल क्याम्पसको तल्लो चाैर माथिल्लो चाैर भने बन्दै गरेका भवन र खादिएर राखेको माटोले गर्दा अलि कुरूप नै देखिन्छ । 


नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका जन निर्वाचित प्रथम  प्रधान मन्त्री  बि पि कोईराला को ४१ औ स्मृति दिवश को अवशर मा बडको बिरुवा रोपिएको थियो  ।

खाली नांगो र घासै  घास भएको द्रोणाचल क्याम्पसमा अहिले स सना फुलका बोटाहरू देखिन थालेका छन जहाँ केहिदिन अगाडीदेखी ने.वि.संघ र स्ववियु द्रोणाचल को क्याम्पसको पहलमा द्रोणाचल   प्रांगणमा बृक्षारोपण गरिदै छ  । खाली तथा बनमाराको झाडीले अस्तब्यस्त रहेको प्रांगणमा बृक्षारोपण गरिएको हो ।










बृक्षारोपण गरिएपछि खाली रहेको जग्गा सदुपयोग हुने अपेक्षा गरिएको छ । एक सय भन्दा  बढी विरुवा/ फुलका बोटाहरू बृक्षारोपण गरिएको द्रोणाचल क्याम्पस ने.वि.संघ इकाइ कमिटि अध्यक्ष प्रशान्त शाहीले जानकारी दिएका छन ,।  

क्याम्पसमा हरेक बर्ष विभिन्न प्रजातिका विरूवाको रोपण गरि अाफ्नो कार्यकाल भित्र क्याम्पसलाइ हरितमय बनाउने, शुन्दर शान्त र स्वच्छ तथा व्यवस्थित बनाउने उद्श्य राखेको स्व.वि.यु सभापति प्रकाश थापाले जानकारि दिए । 

ने बि संघले गरेका यस्ता राम्रो कामको प्रसंशा गरिने र आगमि दिन मा यस्ता काम गर्दै गएमा  सहयोग र समर्थन गर्ने क्याम्पस प्रमुख नगेन्द्र बोहोरा ले जानकारी दिनु भयो ।


Post a Comment

Previous Post Next Post