सुर्खेत : पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सेवा बन्द भएका छन् । संघ सरकार मातहतमा रहेको प्रयोगशालाका लागि चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएको भन्दै सेवा बन्द गर्नु परेको प्रयोगशालाले जनाएको छ ।
सोमबार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार संस्थागत संरचना अन्योलताका कारण यस पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतका लागि कुनै पनि शीर्षकमा कुनै पनि बजेटको व्यवस्था नरहेको हुँदा यस प्रयोगशालाबाट प्रवाह गरिने सबै प्रकारका सेवा मिति २०८० साउन १५ गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि प्रदान गर्न असमर्थ रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ । साथै सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालय परिवार क्षमाप्रार्थी छौँ,’।
संघीय सरकारबाट कर्णालीका १० जिल्ला र लुम्बिनी प्रदेशका ६ गरी १६ जिल्लाको जिम्मेवारी पाएको प्रयोगशालाका लागि कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नगरेपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सकसमेत रहेका सूचना अधिकारी डा. जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘संघीय सरकारको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८/८१ को वार्षिक बजेटमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको एलएमबीआईएस प्रविष्ठ गरिसकेको बजेटसमेत हटाएको छ।
‘संघ सरकारले चालु आर्थिक वर्षका लागि बजेट नपठाउँदा प्रयोगशालाको कार्यक्षेत्रभित्र पर्ने कर्णाली र लुम्बिनी प्रदेशका १६ जिल्लामा प्रवाह गरिँदै आएका मौखिक परामर्श लगायत खर्च नलाग्ने सेवाबाहेक अन्य सम्पूर्ण सेवा सोमबारदेखि बन्द गरिएको हो । अहिले पशुपन्छीमा लम्पी स्किनलगायतका रोगले महामारीको रूप लिएको अवस्थामा प्रयोगशाला बन्द गर्नुपर्ने अवस्था आएपछि यसको गम्भीर असर पर्ने श्रेष्ठले बताए ।
Post a Comment