महिला शान्ति र सुरक्षा सम्बन्धी सरोकारवालासंग अन्र्तक्रिया

सुर्खेत : महिला शान्ति र सुरक्षा सम्बन्धी सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

मानव अधिकारका लागि महिला एकल महिला समुह सुर्खेतले आयोजना गरेको कार्यक्रमा महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रास्तावन १३२५ र १८२० को दोस्रो राष्ट्यि कार्ययोजना सम्बन्धी सरोकारवालासंग अन्र्तरक्रिया कार्यक्रम गरिएको हो । 

प्रथम कार्ययोजना र दोस्रो कार्ययोजना अनुसार महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षाको प्रस्ताव न. १३२५ र १८२० का आधारमा दीगो शान्ति कार्यान्वयन  गर्न र  द्धन्द्ध रोकथाम तथा निवारण गर्नका लागि १३२५ र १८२० तयार पारेको मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पीताम्बर ढकालले बताएका छन । 

एकल महिला र द्वन्द्वप्रभावितको समस्या समाधान गर्न यो साझा एजेन्डा प्रास्ताव राखेको बताएका छन । ‘द्वन्द्व प्रभावित,घाइते अपागंलाई राहत परिपुरण गर्न र महिला माथि भएका हिंसालाई सम्बोधन गरि आत्मसम्मान हुने गरि जिविको पार्जन गर्न सिपमुलक तालिम, मनोपरामर्श र सामाजिक पुर्न ःस्थापना, अल्पकालिन,दिर्घकालिन राहातकालिन  र परिवारका कम्तीमा एक सदस्यका लागि सरकारद्वारा रोजगारीको व्यवस्थागर्न यो एजेन्डा तयार पारिएको उनले बताएका छन । ‘साथै प्रभावितका लागि कानुनी सहायता र निःशुल्क कानुनी सेवाको व्यवस्था पनि गर्नुपर्ने बताएका छन ।

 महिला तथा बालिकाको सुरक्षा र सहभागिता प्रत्याभूति गर्न निर्णय प्रक्रियामा भूमिका  आर्थिक राहत, औषधोपचार, सीपमूलक तालिम, स्वरोजगार, क्षमता विकास, पुनःथापना गर्न अल्पकालिन र दिर्घकालिन राहतका  कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन । क्षमता विकासका साथै स्रोत व्यवस्थापन अनुगमन तथा मूल्याइन कार्यनीतिलाई संरक्षण गर्ने. समेत जानकारी दिए । दीगो शान्ति तथा विकास प्रक्रियामा लैगिक समानता एवं समावेशीकरणलाई मूल प्रवाहकरण गर्ने समेत जानकारी दिए । 

सुनिश्चितताका लागि संस्थागत सुद्धिकरण गर्ने महिलाहरूको सहभागिताको पहिचान गरी आवश्यकतानुसार स्वास्थ्य सेवा, शिक्षा, जीविकोपार्जन तथा आर्थिक कान्यवन गर्ने जस्ता कुरालाई कार्ययोजनामा समेटिएको समेत जानकारी दिए ।

यस्तै कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला प्रसाशन कार्यलय सुर्खेतका प्रमुख नारायण प्रसाद सापकोटाले सहभागिता, सहभागिता सुनिश्चता र गुणस्तरीयता हुन एकदमै आवश्यक रहेको जानकारी दिए । उनले भने द्धन्द्ध पक्ष र राज्य पक्षका पिडितहरु न्याय दिने बताएका छन । एकल महिलासंग साझेदारी भएर काम गर्न सक्ने वातावरण बनाउन समेत अनुरोध गरेका छन ।  पीडितलाई न्याय दिने खालको फौजदारी, परिपुरण हक र संस्थागत सुधार हुनुपर्नेमा जोड दिएका छन् ।

यस्तै मानव अधिकारका लागि महिला एकल महिला समुहकी अध्यक्ष ममता नगालले द्वन्द्वप्रभावितका नाममा शान्ति संग्रालय खोल्ने तथा द्वन्द्वप्रभावितको सम्झनामा स्मारकहरु पनि तयार पर्ने योजना बनेको जानकारी दिइन । 



    


Post a Comment

Previous Post Next Post