सुर्खेत : मुगुमा जिप दुर्घटनामा परी घाइते भएकाहरुको थप उपचारका लागि हेलिकप्टरबाट उद्दार गरिएको छ ।
सोमबार मुगुको सोरुगाउँपालिका–७ चिप्लेगौडा नजिकै जिप दुर्घटनामा परी घाइते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।
दुर्घटनामा परी जीपमा सवार नौ जनामध्ये पाँच जनाको मृत्यु भएको थियो भने, चार जनाको गम्भिर घाईते भएका थिए । दुर्घटनामा परी सोरु–५ का चालक दिनेश लावड, सोरु–६ का गोविन्दा शाही र सेरे रोकाया, हुम्ला सिमीकोट–२ का उजिर बोहोरा गम्भीर घाइते भएका थिए । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
Post a Comment