सांसदसंग महिला तथा बञ्चितिमा परेका समुहको अन्तरकिर्या कार्यक्रम सम्पन्न

सुर्खेत : सांसदसंग महिला तथा बञ्चिततिमा परेका समुहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कर्णाली फाउन्डेसनको आयोजना तथा संसद परियोजनाको समन्वयमा भएको उत्त कार्यक्रममा महिला तथा बञ्चितमा परेका समुह संग अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

जनजाति तथा दलितको ऐन अघि सारिनु पर्ने सहभागीहरुले बताएका छन । महिलालाई कसरी अघि बढाउने,महिलाका लागि ल्याउने कार्यक्रम सन्दर्भलाई कसरि अघि बढाउने विषयको माग राखेका छन । महिला स्वरोजगार,बालविकास, घरेलुहिंसा, उचित खालको सेफ हाउस, महिला लक्षित कार्यक्रम, स्कुल देखि नै महिला तथा बालबालिकालाई सशन्त्तिकरण बनाउनु पर्ने, महिलालाई सिपमुलक तालिम दिने पर्ने र द्धन्द्ध पिडितका बालबालिकालाई उच्च शिक्षामा न्याय दिनुपर्ने जस्ता माग राखेका थिए । 

यस्तै जनजाति महासंघ सुर्खेतका अध्यक्ष अशोक राजीले महिलाको कुरा सहजै सांसदहरुसंग पुग्नुपर्ने र महिलाले जनप्रतिनिधिको महशुस गर्न सक्नुपर्ने बताएका छन । नगर कार्यपालिका सदस्य सरिता चौधरीले घरघरमा जनप्रतिनिधि हुने गरि काम गर्ने बताइन । उनले तल्लो तह देखि नै जनप्रतिनिधिका कुराहरु गघन गर्नुे जानकारी दिइन । कार्यक्रममा सांसद जानकी सिंहले बञ्चितिकरण गरिएका समुदायलाई अघि सार्ने उद्देश्यले संसदमा यस सम्बन्धी आफ्नो माग भईरहेको जानकारी दिइन । सांसद सिंहले विद्यार्थी तथा महिलाहरुका लागि आफु सधै साथमा रहेको जानकारी दिइन । महिला अधिकारका लागि हरेक ठाााँउमा आवाज उठाउनुका साथै थारु समुदाय ,जनजाती र दतिलका लागि बजेटको माग समेत राखेको जानकारी दिइन । महिलाका लागि पार्टिकालाई मात्र नभएर पिडामा परेका सबैका लागि हरेक समय साथ रहेको बताइन । उनले महिलालाई जागुरुक हुन समेत आग्रह गरेकी छिन । उनले महिला महिलालाई नै चुनाव क्षेत्र तोकिनु पर्ने बताइन ।

राजनिति भित्र नै राजनिति भएकाले महिलाहरु अघि बढ्न नसकेको प्रदेश सभापती कल्याणी खड्काले जानकारी दिइन । महिला र सांसदको सम्बन्ध नजिकको बनाउनुपर्नेमा जोड दिएकी छिन । महिलाहरु अर्थपुर्ण रुपमा सहभागि हुनुपर्ने, महिलाहरुका लागि लोक कल्याणकारी व्यवस्था हुनुपर्ने र महिला नै सबैमा सक्षम हुनुपर्ने जानकारी दिइन । महिलाहरु आफै नै सबै कुरामा सक्षम हुने गरि लागि पनुपर्ने कर्णाली फाउडेसनका अध्यक्ष नारायण प्रसाद भट्राईले जानकारी दिए । महिलाका लागि महिलानै अघि सर्नुपर्ने बताएका छन । 

Post a Comment

Previous Post Next Post