सुर्खेत : राष्ट्रिय युवा दिवसको अवसरमा युवासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वीरेन्द्रनगर ५ श्रीनगर टोलमा नेपाल नाजरेत सोसाइटीद्धारा सञ्चालित नवज्योती केन्द्रको आयोजनामा महिला,बालबालिका तथा सशत्तिकरण परियोजनाका लागि र्राष्ट्रिय युवा दिवसको अवसरमा सांस्कृतिक तथा अन्तरतक्रिया कार्यक्रम गरेको हो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक क्षेत्रमा काम गर्दै आएकी प्रहरी निरक्षक झरना सौनारले जनचेतनामूलक कार्यक्रम मार्फत बालबालिकाहरुलाई सचेत गराईएकी हुन । प्रहरी निरक्षक सौनारले लागु औषध दूव्यसनी तथा बालविवाह सम्बन्धी जनचेतना कार्यक्रम मार्फत महिला तथा बालबालिका र युवालाई सचेत गराएकी हुन ।
लागु औषधको दुव्यसनीले समाजमा पार्ने नकारात्मक असरमा नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरी निरक्षक सौनारले जनचेतना दिएकी हुन । लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्णभुमिका निर्वाह गर्ने उदेश्यले लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मूलक प्रस्तुति राखेकी थिइन । युवा तथा बालबालिकालाई लागु औषधमा फस्न सक्ने र बालबालिकाले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले जनचेतना मुलम सन्देश दिएकोे प्रहरी निरक्षक सौनारले जानकारी दिइन । लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दाका बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कसरी निबारण गर्न सकिन्छ भन्ने जानकारी दिइन ।
नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । प्रहरी निरक्षक सौनारले लागु औषधको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने जानकारी गराउँदै प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउने सम्म पुग्ने भएकाले सचेत रहन आग्रह गरेका थिए । सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्ति कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषध द्दारा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बताएका थिए । लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । जनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा अधिवक्ता गिता कोइरालाले युवा शत्ति नै देशको शक्ति रहेको जानकारी गराए । समाज राम्रो बनाउन समाज नै लाग्नु भएको बताइन । युवा रा्रो र बलियो बन्नका लागि क्षमता अनुसारको काम गर्नु पर्ने बताएकी छिन । लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाजमा पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनी अबस्था बारेमा जानकारी गराइन ।
यस्तै वडा न ५ का अध्यक्ष लोक बहादुर शाहीले बालबालिकाको हेरचाहा कसरी गर्ने भन्ने विषयलाई अझ बलियो बनाउदै लैजानु पर्नेमा जोड दिएका छन । अबका युवाहरुलाई आवश्यक परेको खण्डमा सिपमुलक कार्यक्रम गर्नका लागि आफु सधै तयार परेको जानकारी दिए । उनले भने यस अघि वडाबाट ५८ जना युवाहरुलाई कम्पियुटर पनि सिकाएको जानकारी दिए । अध्यक्ष शाहीले लागुऔषध सुधारमा लाग्ने व्यक्तीलाई वडाले नै पुरष्कार गर्ने प्रत्तिवद्धता जनाएका छन ।
यस्तै नवज्योती प्रमुख सिस्टर रोसिटाले टोल विकास समिति र युवा क्लवहरु एकजुट भएर बालविकासका लागि दिगो शिक्षा बनाउनु पर्नेमा जोड दिएकी छिन । युवाको भविष्य राम्रो बनाउनका लागि टोलटोलमा बाल विकासबाटै चेतनाको विकास गर्न आवश्यक रहेको जानकारी दिइन ।
Post a Comment