सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका ३, भुरेली नजिक मोटरसाइकल अनियन्त्रित भएर विद्युत्को पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महावै गाउँपालिका-७ का २३ वर्षीय कृष्ण शाही र शुभकालिका गाउँपालिका-३ का २३ वर्षीय विमोचन विष्ट रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र बुढाथोकीले जानकारी दिए ।
कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेलीबाट बजारतर्फ आउँदै गर्दा बिहीबार बेलुका दुर्घटनामा परेको थियो । उनका अनुसार गम्भीर घाइते उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो ।
दुर्घटनामा ज्यान गुमाएका शाही मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा तीन जना सवार रहेकोमा खाँडाचक्र नगरपालिका(५, कालीकोटका १९ वर्षीय प्रकाश कठायत घाइते भएका छन् । कठायत उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
Post a Comment