सुर्खेत : जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोद सिंह विष्टलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत सुर्खेतले आइतवार उनीहरुलार्ई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।
न्यायाधिसद्वय मनोज श्रेष्ठको एकल इजलाशले डाका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित सुशिल गुरुङ्ग र बलिराज शाहीलाई पनि कारागार चलान गरेको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए । उनका अनुसार यामराज शाही र सन्तोष थापा भने दुई / दुई लाख धरौटीमा रिहा भएका छन् ।
वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ उपभोक्ता समितिका अध्यक्षको घरबाटै लुटेको भन्दै समितिका मान्छेले असार २१ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । उजुरीको आधारमा उनलाई असार २४ गते प्रहरीले पक्राउ गरेको थियो ।
Post a Comment