सुर्खेत : गायक, सर्जक तथा मोडेल प्रकाश शाहीको तीज गीत पशुपतीमा जलहरी बुधवार प्रकाश शाही युट्युव च्यानल मार्फत सार्वजानीक भएको छ । सामाजीक मुद्धाहरुलाई गितका माध्यमवाट जनमानसलाई सुशचित गर्दै आईरहेका गायक शाहीले यस गितमा पनि मुख्यगरी भ्रस्टाचार र व्यथितिका कुरा हरुलाई तीज गीत मार्फत उठान गरेका हो ।
उक्त गीतको लय शव्द प्रकाश शाही, स्वर मान्डवी त्रिपाठी र प्रकाश शाही, अभिनय प्रकाश शाही र ज्योती काफ्ले निर्देशन निर्मल प्याकुरेल, कोरीयो ग्राफी अशोक बस्नेत, छायांकन अर्जुन सापकोटा , एरेन्ज विपिन आचार्यको रहेको छ भने अन्य कलाकारहरु गणेश भक्त गौतम, गणेश वस्नेत ,कुमार कार्की, देवकी तिमिल्सिना, प्रकाश खत्री, गोपाल पाण्डे, प्रविन शाही, पुर्ण भण्डारी राम रावत लगायतको यो गीतमा अभिनय रहेको छ । सर्जक शाहीका अनुसार पशुपतिको जलहरी बनाउॅदा सुन घोटाला भयको विषयवाट गितको सृजना गरी समग्र भ्रस्टाचाका कुराहरुलाई उठान गरेको र छायांकन पनि गीतको भाव अनुसार निकै मेहेनत गरेर निर्माण गरीयको हुनाले गीतले जनमानसको मन जित्ने बताएका छन् ।
Post a Comment