हरित बिद्यालय बनाउन चारवटा विद्यालय मा ईको क्लब गठन


केशर नेपाल दैलेख : सिफ्ट क्याम्पियनले नारायण नगरपालिकाको चार वटा विद्यालय महेन्द्र माध्यमिक विद्यालय सोेत, वसन्त माध्यमिक विद्यालय किमुगाँउ, त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजार र सरस्वती माध्यमिक विद्यालय तर्ताङमा हरित विद्यालय बनाउने कार्यक्रम अनुसार क्लब गठन कार्यक्रम बिहीबार सकिएको छ ।

डब्ल्युडब्ल्युुएफ’ र ‘सेभ द चिल्ड्रेन’को आर्थिक सहयोग, एभरेस्ट क्लबको समन्वय र पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानको आयोजनामा सिफ्ट क्याम्पिएन अन्तर्गत उक्त क्लब गठन गरिएको छ ।

वातावरण मैत्री नगर बनाउन तथा हरित विद्यालय बनाउन हरेक विद्यालयमा इको क्लब गठन गर्ने कार्यक्रम अनुसार चार वटा विद्यालयमा १५ सदस्यिय इको क्लब गठन र सबै विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष को अध्यक्षतामा ९ सदस्य हरित विद्यालय कार्यक्रम कार्यान्वयन समिति समेत बनाइएको छ । उक्त क्लब र समितिले हरित विद्यालय बनाउन का लागि आधारभुत पक्षहरु मा हरियाली प्रवद्वन, फोहोरमैला व्यवस्थापन , पानी व्यवस्थापन तथा सरसफाइ , उर्जामैत्रि विद्यालय र सिकाई केन्द्रको विकास तथा सञ्चालन मा काम गर्नेछ ।

हरित विद्यालयमा फलफूलहरू लगाउने, प्लाष्टीक रहित क्रियाकलाप गर्ने, हप्ता हप्तामा विद्यालय सरसफाइ गर्ने, विद्यालयमा जङ्गफुड निषेध गर्ने, सिकाई आदानप्रदान गर्ने, बोटबिरुवा सङ्कलन र तिनीहरूको संरक्षण गर्ने इको कार्यक्रम रहने त्रिभुवन इको क्लबका अध्यक्ष सदिक्षा आचार्यले बताइन् ।

बाँसको विभिन्न सामाग्रीहरू बनाउने र प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न डोको अभियान नामकरण गरी नारायण नगरपालिका लाई वातावरण मैत्रि बनाउने उदेश्यका साथ काम गरिरहेको पञ्चकोशि ज्वाला युवा प्रतिष्ठानले सञ्चालन गरिरहेको अध्यक्ष लोकेश गिरीले जानकारी दिए ।








Post a Comment

Previous Post Next Post