सुन प्रकरण मा राहुल महरा पक्राउ

 १३ भाद्र २०८० केशर नेपाल


। विद्दुतिय चुरोट 'भेप' मा सुन तस्करी गरेको आरोपमा राहुल महरा पक्राउ परेका छन् । उनि पुर्व सभामुख तथा पुर्व मन्त्रि कृष्ण बहादुर महरा का छोरा पनि हुन् । 
केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको पुष्टि गरेकी हुन् । 

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

यता कृष्ण बहादुर महराले आफु सरकारलाई यस प्रकरण मा सघाउने भन्दै आएका छन् । 

Post a Comment

Previous Post Next Post