विदेशिने को संख्या बढेको बढ्यै ; सरकार संग छैन रोक्ने रणनीति ।

 


पछिल्लो समय सरकारी जागिरे हुन् या आफ्नो व्यवसाय गरिरहेको व्यक्ति हुन् या विद्यार्थी हुन् सबैको एउटा साझा उद्धेस्य भनेको जसरि पनि नेपाल छाड्नु हो । नेपाल बाट रोजगारी , अध्यन र भ्रमण का लागि विदेशिने संख्या तीव्र रुप मा वृद्दि भइरहेको छ ।

अध्यागमन विभाग को तथ्यांक हेर्दा पछिल्लो १९ महिना अथवा सन् २०२२ जनवरी यता मात्रै  २३ लाख ६७ हजार ५७८  जनाले ले देश छाडेका छन । यो संख्या अझै बढ्ने अनुमान अध्यागमन विभागले गरेको छ ।

 विभिन्न पेशा व्यवसाय तथा रोजगारमा लागेका व्यक्तिहरु पनि विदेश जानु पर्छ भन्ने मनोविज्ञान बोकेर बसिरहेका छन ।

यता विद्यार्थी हरु १२ कक्षा वा स्नातक सक्ने वित्तिकै कन्सल्टेन्सी धाउने पनि अत्यधिक छन् ।अध्यन को शिलशिलामा जाने र उतै पिआर को लागि आवेदन दिने उनीहरु को योजना हुन्छ ।

अध्यागमन विभागका सुचना अधिकारी खिमराज भुषालका अनुसार सन् २०२२ जनवरी यता सबैभन्दा धेरै रोजगारीको शिलशिलामा १३ लाख १ सय २४ जनाले देश छाडेका छन भने सन् २०२२ जनवरी यता उच्च शिक्षा अध्यन का लागि १ लाख ५८ हजार ८ सय ५५ जना विदेशियका छन् । भ्रमण तथा टुरिष्ट भिषामा नेपालबाट २ लाख ९३ हजार ९ सय ४८ जना विदेशियका छन् ।

यो त अध्यागमन विभाग मा भएको तथ्यांक मात्रै हो । भिसा नचाहिने अथवा खुला सिमाना भएको छिमेकी देश भारत जानेको संख्या गन्ति मा नै छैन । विदेशिने को संख्या दिन प्रतिदिन बढीरहँदा यसलाई रोक्ने सरकार ले अहिले सम्म कुनै ठोस कदम चालेको देखिदैन ।


Post a Comment

Previous Post Next Post