कविता: कृष्ण (बिस्वास शाह)


शिर्षक - कृष्ण

कृष्ण अब कहा जन्मिने हुन र ?
एस कलि जुग मा ,
हेर्नू छ ,

सत्य को बिजय भने ,
तिमी स्वयम कृष्ण बन्न सक्न्नु पर्दछ ,
एस कलि जुग मा ,
कुरुछेत्र-कर्मछेत्र को भुमी मा ,
कहाँ कृष्ण ले गरे राधा को बयान ,
भएको थियो पराक्रम ज्ञान को उठान ,

लाखे नाच आज पनि चल्दै छ ,
पासा-कौडा चलिदै छ ,
बेथिती को खेल खेलिदै छ ,
बिर्सिएउ तिमिले ए ! नेपाली !

आफ्नै थिए ,
द्रोपतिलाइ नग्गाउने पनि ,
हेर्नू छ,
सत्य को बिजय भने ,
तिमी स्वयम् कृष्ण बन्न सक्नु पर्दछ !
तिमी भित्र कृष्ण को जन्म हुन सक्नु पर्दछ !!
लेखक
बिस्वास शाह 
दुल्लू ७ दैलेख
हाल ठाकुरबाबा बर्दिया 


1 Comments

  1. उत्कृष्ट कविता बिश्वास जि

    ReplyDelete

Post a Comment

Previous Post Next Post