सुर्खेत : कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष २०७९ ∕०८० मा २८३ जनाले आत्महत्या गरेका छन । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित पत्रकार तथा सरोकारवालाहरु बीचको अन्र्तक्रिया कार्यक्रमा उक्त तथ्याङ्क सार्वजानिक गरिएको हो ।
आशा जगाऔ जीवन बचाऔँ भन्ने मुल नाराका साथ सामाजिक विकास मन्त्रालयले उक्त कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा सार्वजानिक गरेको तथ्याङ्क अनुसार सुर्खेतमा आत्महत्या गर्नेहरुको संख्या सबै भन्दा धेरै १०९ रहेको देखाइएको छ । त्यस्तै दैलेख ४४, जाजरकोट १९, रुकुमपश्चिम २८, सल्यान ४५, जुम्ला ६, हुम्ला ६, मुगु ४, १२ जना छन भने डोल्पामा आत्महत्या गर्नेको संख्या शुन्य रहेको तथ्याङ्क सार्वजानिक भएको छ । नेपालमा आर्थिक वर्ष २०७९∕०८० मा ६ हजार नौ सय ९३ जनाले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा सबै भन्दा धेरै पुरुष ३ हजार नौ सय ४२ जना रहेको तथ्याङ्क सार्वजानिक भएको छ भने, २ हजार २ सय ५९ जना महिला, २६६ बालक र ५२९ बालिकाले आत्महत्या गरेको तथ्याङ्क सार्वजानिक भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८ ∕०७९ मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजानिक भएको हो । आत्महत्या व्यक्तिको कमजोरिका कारण नभएर अनुवांसिक मनोवैज्ञानि, सामाजिक, पारिवारिक वातावरण तषा अन्य जोखिमका कारण आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजानिक भएको हो । आत्महत्या गर्नेमा सबै भन्दा धेरै १५—२९ वर्ष उमेर समुहका मानिसहरु रहेको सामाजिक विकास मन्त्रालयका कम्युनिटि नसिङ्ग अधिकृत कविता खत्रीले जानकारी दिएकी हुन । सामाजिक विकास मन्त्रालयले आत्महत्या नियुनिकरणका लागि निशुल्क हेल्फलाईन सेवा ११६६ नम्बर सार्वजानिक गरेका छन ।
Post a Comment