मदिरा सेवन गराएर बलात्कार गर्ने अटो चालक पक्राउ

 


सुर्खेत को वीरेन्द्रनगरमा अलपत्र परेकी किशोरीलाई बलात्कार गर्ने अटो चालक पक्राउ ।

फुपूको घर हिँडेकी बालिका सुर्खेतमा अटो चालकद्वारा बलात्कृत !

सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र दैलेखकी एक गाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीलाई बुधबार पक्राउ परेका छ । प्रहरीले अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘६४ वीरेन्द्रनगर’ राखेको छ।


घटनाक्रम : 

भदौ २ गते १५ वर्षीय किशोरी गाउँबाट हिँडेर दैलेख सदरमुकाम गइन् र त्यहाँबाट गाडी चढेर सुर्खेत पुगिन्। सुर्खेत पुग्दा साझ भएको थियो, बाटो भुलिन्, उनले फुपूको घर फेला पार्न सकिनन्। उनी एक्लै थिइन्, साथमा फोन पनि थिएन।  

गणेशचोक नजिक कसैलाई अस्पताल जाने बाटो सोधिन्। त्यतिकैमा चोक नजिकै भे १ ह २३०९ नम्बरको अटोरिक्सा लिएर चालक नजिकै आए। उनले फुपुको घर पुर्यादिन्छु भन्दै ललाई फकाई होटलमा पुर्याए ।

चालकले बालिकालाई वीरेन्द्रनगर नगरपालिका–६, शनिहल लाइनमा रहेको ‘यरो थकालि बार एन्ड लज’ मा पुर्‍याए। होटलले ४०१ नम्बरको कोठा दिएको थियो। 

चलाकले भाद्र २/३ गरि दुई दिन सम्म किशोरीमाथी बन्धक एवम् शारीरिक हिंसा गरिरहे । चालकले ३ गते दिउँसो तिर होटल बाट लिएर बजारमा छाडिदिए ।

त्यहीँ दिन साझ किशोरीले घटना सबै आफ्नो दिदिलाई सुनाइन् , भदौ ११ गते बुबा सुर्खेत आए। बुबाले सोधीखोजी गरेपछि बालिकाले घटना सुनाइन्। भोलिपल्ट १२ गते बिहान बुबा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगे।

बालिकालाई अटो रिक्साको नम्बर थाहा थिएन तर पछाडि एउटा खेलाडीको फोटो टाँसेको ख्याल गरेकी थिइन्। उनले दिएको जानकारीअनुसार प्रहरी टोलीले होटलको सिसी क्यामरा फुटेज हेर्‍यो। बालिकाले भनेअनुसार घाँटीमा ट्याटु भएको अनुहार देखियो।

प्रहरीले १२ गते दिनरात खोज्यो तर सुरेन्द्रबहादुर भेटिएनन्। भोलिपल्ट १३ गते यरीचोकमा भेटिए।

प्रहरीले सुरेन्द्र बहादुर विरूद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएर उनालई अदालतमा पेश गरेको छ ।अदालतले प्रहरीलाई पाँच दिनको म्याद दिएको छ।


Surkhet - सुर्खेत

Post a Comment

Previous Post Next Post