काठमाडौं, असोज ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरूसँग आग्रह गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाले शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधि हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारीलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक सङ्गठनहरूप्रति अनुरोध गरेको हो ।
महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरूको हकहित सुनिश्चित हुनुपर्ने उल्लेख छ ।
‘‘निश्चय नै शिक्षक जस्तो मर्यादित र अतिसम्मानित पेसालाई सरकारबाट कहिल्यै उचित व्यवहार भएन । समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षौँसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चोहकाहरुलाइ अन्यौलता राखिँदै आएको पाइन्छ । रास्वपाले शिक्षकको तलब सुविधा सबभन्दा धेरै हुनुपर्छ भनी स्थापनाकालदेखि नै पटक–पटक आवाज उठाउँदै आएको छ ।’’ विज्ञप्तिमा भनिएको
छ ।

Post a Comment