सामाजिक क्षेत्रमा योगदान पुर्याउने तिन जना व्यक्तित्व सम्मानीत

सुर्खेत :  सामाजिक क्षेत्रमा योगदान पुर्याउने तिन जना व्यक्तित्वहरु सम्मानीत भएका छन । सामाजिक सेवा दिवसको अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने तिन जना व्यक्तित्वहरु आज सम्मानित भएका हुन । 

यसरी सम्मानित हुनेमा राष्ट्रिय योजना आयोगका पुर्ब सदस्य मीन बहादुर शाही, कलाकरिताको क्षेत्रमा योगदान दिएको भन्दै वरिष्ठ कलाकार प्रेम देव गिरि र महिला समाजसेवी शिला गुरुङ्गलाई सम्मानित गरेको हो ।

दिगो विकास राष्ट्यि प्रतिद्धता, लक्ष्य प्राप्तीमा संघ संस्थाको सहभागिता भन्ने मुल नारासहिद गैरसरकारी सस्था महासघंले ४४ औं सामाजिक सेवा दिवसको अबसरमा नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजनामा  गरेको हो । 

 कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसिले योगदान पुर्याउने तिन जान सम्मान गर्दैृ सरकार र सरोकारवालाचि समन्वय हुन आवश्यक रहेको बताएका छन । आफिले गरेको कामको आफैले मुल्यांकन गर्न नसकिएको भन्दै सरकार र सरोकारवालाबिच समन्वय हुन आवश्यक रहेको उनले जानकारी दिएका हुन । 

“कति काम गरिएको छ भन्ने तिर भन्दा पनि अर्कोले काम गर्न दिएन, मैले राम्रै गरिरहेको थिए भन्ने बुझाइ सबैमा देखियो ।” उनले भने, “अर्कोले राम्रो गरेकोलाई राम्रो नभन्ने परिपाटी हावी भएको छ । हामी सबै आफैले राम्रो गरेको भन्ने तर जनताले अनुभूति नै नगर्ने अबस्था आएको छ ।”मन्त्री जिसिले समाजसेवा गर्न सबैमा समान दृष्टिकोण राख्नुपर्नेमा जोड दिएका छन । उनले विकास निर्माण देखि समाज रुपान्तरण गर्न सबैमा दृढता हुनुपर्नेमा जोड दिए । भौगोलिक आधारमा सामाजिक सेवाका क्षेत्र खोज्नु पर्ने र आर्थिक जग सुधार्न सबै लाग्नु पर्ने बताएका छन ।

राष्ट्रिय योजना आयोगका पुर्ब सदस्य मीन बहादुर शाहीले समाज रुपान्तरणको क्षेत्रमा गैससले खेलेको भुमिकाको प्रसंशा गर्न आबश्यक रहेको बताए । उनले बिकास निर्माणमात्रै समाजसेवा नभएको बताउदै समाजको सकारात्मक रुपान्तरणमा सबैले ध्यान दिनुपर्ने बताए ।

“मान्छेमा जातीय, धार्मिक, भौगोलिक विभेद कायमै छ ।” उनले भने,”अब परोपकारको क्षेत्रमा अघि बढ्न आबश्यक छ । सामाजिक रुपान्तरणका लागि सामाजिक सङ्ग सस्थालाइ परिचालन गर्न, उनिहरुका लागि आबश्यक नीति तथा कानुन निर्माण गर्न सरकारको ध्यान जान आबश्यक छ ।” उनले दलगत स्वार्थ भन्दा माथी उठेर असमानताका बिरुद्वमा  आन्दोलन गर्न आबश्यक रहेको बताए ।

कार्यक्रममा गैरसस महासंघका सुर्खेत जिल्ला अध्यक्ष प्रकाश सुरु, मानव अधिकारका रक्षक तथा मध्यपश्चिमविश्व विद्यालयका पुर्व डिन पिताम्बर ढकाल, हरि अधिकारी, गैसस केन्द्रीय सदस्य तथा कर्णाली इन्चार्ज घनश्याम केसि, नेपाल पत्रकार महासङ्ग सुर्खेतका अध्यक्ष ललित बसेल, शेभ द चिल्ड्रेनका कर्णाली प्रमुख रत्न राज ओझा लगायतले मन्तव्य राखेका थिए ।

Post a Comment

Previous Post Next Post