सुर्खेत : सुर्खेत प्रहरीले एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । आज मंगलबार वीरेन्द्रनगर नगरपालिका – २ ठउरीबाट ३० बर्षका फरार प्रतिवादी भिम रावतलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत सुर्खेतले मिति २०७९र११र०८ गतेको फैसलाले लगत नम्बर ३७३० मा ज्यान मार्ने उद्योग मुद्दामा १ बर्ष ५ महिना २९ दिन कैद र रु।२० हजार जरिवाना तोकेको थियो, तर रावत फरार रहेका थिए ।
सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरी सुर्खेत जिल्ला अदालत सुर्खेतमा पेश गरेको जनाएको छ ।
Post a Comment