सुर्खेत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गुण्डाहरुको सरकार भएको आरोप लगाएका छन् । यो देशमा जताततै बलात्कारी, गुण्डागर्दी चलिरहेको बताउँदै उनले यो सरकार गुण्डाहरुको सरकारका रुपमा परिचर्चा गरे । वीरेन्द्रनगरका आयोजिक प्रदेश अधिवेशनमा बोल्दै उनले गुण्डाहरुलाई सरकारले आममाफी दिने गरेको बताए । यसले समाजमा गुण्डाराज चलिरहेको उनको भनाइ छ । यस्तै उनले नेपालमा रेलको कुरा गर्दा गुडियाको रेल बनाएर मजाक उडाइएको बताए । उनले रेल बनाउने कुरा गरेर जनतामा आशा जगाइएको बताए ।
’नेपालीले पनि रेल चढ्न सक्दछन भनेर योजना अगाडि बढाउँदा मजाक उडाइयो,’ उनले भने,’ उनीहरुलाई के थाह रेल चढ्ने कुरा ।’ अध्यक्ष ओलीले सबै प्रकारका बाधा, व्यवधानलाई पराजित गर्दै समृद्ध नेपाल निर्माण गर्ने एमाले विरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको छ । तर, एमाले सबै खाले व्यवधानलाई पराजित गर्दै अगाडि बढ्ने पार्टी रहेको उनले बताए ।
त्यसको लागि मिसन ०८४ लाई तार्गेट गरिएको बताए । र ०८४ लाई अर्थपुर्ण बर्षमा रुपमा मनाउनुपर्ने र विकासको नायकत्व लिने पार्टी बनाउने अभियानमा लागिएको उनले बताए । सोही अनुसार लाग्न निर्देशन दिए ।
एमाले अरुले फैलाएको भ्रमका पछि नपर्ने र के गर्ने भन्ने त्यो एमालेलाई राम्रोसँग थाह भएको बताए । एमाले देशभक्ति पार्टी रहेको दाबी गर्दै ओलीले अरु कुनै दल राष्ट्रिय हितमा काम नगर्ने दलका रुपमा घोषणा गरे । यस्तै ओलीले अध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीलाई लोकतन्त्रको टुप्पोमा पलाएको अइँझेरु पार्टीका रुपमा व्यङ्ग्य गरे ।
अइँझेरु पार्टी भन्दा एमाले जनताको पार्टीका रुपमा स्थापित दल रहेको बताए । उनले रास्वपालाई अनेरास्ववियुसँग तुलना गरे । ’उनीहरुले हामीलाई पुराना पार्टी भनिरहेका छन्,’ उनले भने,’ यो देशको एक मात्र विकास र परिवर्तनको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने कुरा उनीहरुलाई थाह छैन ’
नेता ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने एमाले मात्र रहेको बताउँदै उनले विदेशीको इसारामा चल्ने दलहरुले अहिले सरकारको नेतृत्व गरिरहेको उनले बताए । साथै दिनमा क्विन्टल सुन दिनानुदिन उनीहरुले नै भित्र्याउने काम भइरहेको उनले बताए । ’जाँच्ने मेसिनले रोक भन्दै छ तर, लैजालैजा भनेर पास गरिएको छ,’ ओलीले भने,’ त्यो कहाँ जान्छ हामीलाई राम्रोसँग थाह छ ।’
कर्णाली प्रदेश अधिवेशनका विषयमा उनले प्यानल बनाएर चुनाव नलड्न ओलीको निर्देशन दिए । सकेसम्म सर्वसम्मत गर्न उनले निर्देशन दिए । ईन्चार्जलाई अथुरिटी छ । महासचिव आज यहाँ बस्नुहुन्छ । लिडरसीपको कुरा सुनेर अधिवेशन गर्नुपर्छ । सहमति नभए चुनाव लड्नुहोस्,एउटाले जित्छ एउटाले हार्छ प्यानल बनाएर नलड्न उनले निर्देशन दिए । गुट बनाउन पाइँदैन । जिल्ला जिल्लाको सहमति जिल्लाले गर्नुहोस् । सक्नुहुन्न भने लड्नुस् हार्नुस् । तर, चुनाव सकिएपछि मैले जिँते भनेर फुर्फुर नगर्नुहोस् ।
Post a Comment