अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा वीरेन्द्रनगरमा दीप प्रज्वलन

सुर्खेत : वीरेन्द्रनगरमा अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । शान्तिका लागि कार्यहरु स् विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकाक्षा भन्ने मुल नाराका साथ मानव अधिकारका लागि महिला एकल महिला समुह र सहकर्मी समाज सुर्खेतले आज अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्धन्द्ध प्रभावितहरुसंग अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले द्धन्द्ध अहिंसा र संघर्षको माध्यमले शांतिको आदर्शालाई मजबुद बनाउनको लागि यो दिवस मनाउन जरुरी रहेको बताएका छन । शान्तिका रुपमा परेवालाई समर्पित दिनको लागि घोषण  गरेको उनले जानकारी दिए ।  नेपालको जनआन्दोलन २०६२ ६३ पछि जनताले खुसीको मुहार फेर्न पाएकोले यो दिवस मनाउन जरुरी रहेको बताए । शान्ति दिवस एक अर्कामा साटासाट गर्ने दिवको रुपमा राष्ट्यि स्तरबाटै यो दिवसलाई आयोजना गर्नुपर्ने बताए । नागरिक उन्मुलनका लागि यो दिवस मनाउन जरुरी रहेको समन्वय प्रमुख सुनारले जानकारी दिइ दिप प्रज्वलन गरेका छन । सशस्त्र द्वन्द्वपछि भएको शान्ति सम्झौताले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिएको बताए । 

मानव अधिकारका रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पिताम्बर ढकालले द्वन्द्व अशान्ति मच्चाएको नेपालमा पुराना केही घटनाका पीडितहरुले न्याय नपाएको भन्दै सरकारले त्यस्ता मुद्दामा न्यायपुर्ण निर्णय गर्न अनुरोध गरेका छन । 

इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले अन्तराष्ट्रिय शान्ति दिवसको रूपमा २१ सेप्टेम्बर,१९८४ देखि मनाउन सुरु गरिएको भए पनि  सन् २००१ मा संयुक्त राष्ट्र संघको साधारण सभाले हरेक वर्ष २१ सेप्टेम्बर मा विश्व शान्ति दिवस मनाउने निर्णय गरे पश्चात विश्व भरिनै विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइने गरेको बताएका छन । उनले सहअस्तित्व, भाईचारा र समता मुलक विश्व निर्माण गर्ने योजा अनुरुप सुरु भएको यो दिवसले सबैलाई मेलमिलाप र एक अर्का प्रतिको सम्मान मार्फत विश्व शान्ति तर्फ अग्रसर हुन मद्दत मिल्ने विश्वास वेक्त गरे । 

मानव अधिकारका लागि महिला एकल समुह सुर्खेतकी अध्यक्ष ममता नगालले शान्ती सम्झौता एकल महिला तथा द्धन्द्ध पिडितले मात्र मनाउने नभएर सरकारले नै मनाउनुपर्ने बताइन ।   सरकारले पनि पीडितहरुलाई उचित न्याय दिन जागरुप हुनुपर्ने बताइन् ।

कार्यक्रममा अन्तरनिर्भर समाज सुर्खेत, सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वाम लगायतका अधिकारवादी संघ संस्थाहरुको समेत उपस्थिति रहेको थियो ।



Post a Comment

Previous Post Next Post