एमाले प्रदेश अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

सुर्खेत : नेकपा एमालेले प्रथम कर्णाली प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा म‌गलबार र बिहीबार आयोजना हुने अधिवेशन तयारीको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । अध्यक्ष शाहका अनुसार अधिवेशनको उद्घाटन सत्र बुधबार विहान ११ बजे सुर्खेतस्थित सिटी हलमा आयोजना गरिएको छ ।

अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् भने, पार्टी महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरुले संवोधन गर्ने कार्यतालिका रहेको अध्यक्ष शाहले जानकारी दिए । अधिवेशनमा १० जिल्ला र मोर्चासंगठन बाट ६ सय चार जना प्रतिनिधिले भाग लिनेछन । जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् । एमालेले छानेका प्रतिनिधिहरुमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जना दलित प्रतिनिधित्व रहनेछ ।

अधिवेशनमा जिल्लागत प्रतिनिधित्व  सुर्खेतबाट एक सय १२, जाजरकोट ७५, दैलेख ७४, कालीकोट ६५, हुम्ला ४८, जुम्ला ४८, हुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुमपश्चिम २३ गरी पाँच सय ५४ जना र विभिन्न २२ वटा जनवर्गिय संगठनबाट ५० जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ । अधिवेशनको बन्द सत्र असोज ११ गते विहान ८ बजेदेखी सुुरु हुनेछ । बन्दसत्रले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ, भने पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने अध्यक्ष शाहले बताए । अधिवेशनको उद्घाटन सत्रमा झण्डै पाँच हजारको जनसहभागिता रहने एमालेले जनाएको छ ।

Post a Comment

Previous Post Next Post