मानव अधिकार संरक्षणका लागि सरकार सधैं साथमा छ : मुख्यमन्त्री शर्मा

सुर्खेत  : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार सधै साथमा रहेको बताएका छन । इन्सेकको आयोजनामा असोज १३ गते मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा पत्रकारिताको भूमिका विषयक दुई दिने तालिमको उद्घाटनमा बोल्दै यस्तो बताएका हुन ।

मुख्यमन्त्री शर्माले मानव अधिकार के हो ? के होइन, भनेर बुझ्दा सूचकहरु आवश्यकताको लोतन्त्रता रहेको बताए। सरकारले आजदेखि भोलिसम्मको विषयलाई हेरेर मानव अधिकारमैत्री बनाउने बताएका छन। उनले स्वतन्त्रता भनेको बुझाइ, दृष्टिकोण र यथार्थमा रुपान्तरण हुने कुरा भएको उल्लेख गरेको बताए । शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानव अधिकारको रक्षाका गर्न लागि परेको बताए।

मुख्यमन्त्री शर्माले गरिबीका कारण अधिकारको हनन् भएको बताउँदै त्यसलाई कसरी माथि उठाउने रु भन्ने विषयलाई पच्छ्याएर सरकारले नीति तथा कार्यक्रम अगाडि ल्याएको बताए। समाजलाई दक्ष जनशक्ति उत्पादन गर्ने  शिक्षा क्षेत्र नै कमजोर भएको बताए छन ।


इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पत्रकारिता र मानव अधिकार एउटै डुङ्गाका यात्री रहेकोले सहकार्य गर्न जरुरी रहेको बताए । पछिल्लो समयको सामाजिक सञ्जाल र प्रविधिले पत्रकारितालाई चुनौती रहेको भन्दै पठनयोग्य सामग्री उत्पादन गरे त्यसको प्रभाव पर्ने बताए । तागत भएका सामग्री ल्याउन पत्रकारहरुलाई उनले अनुरोध गरेका छन । भ्रामक समाचारबाट बच्नुपर्ने, जनसरोकारका विषयमा खोज रिपोर्टिङ्ग गरे पत्रकारिताको भविष्य राम्रो रहेको बताएका छन ।

ज्ञान, सिप र समय आवश्यक रहेको भन्दै पत्रकार अग्रपंतिको मानव अधिकार रक्षक रहेकोले सबैजना मिलेर सँगसँगै अगाडी बढ्नुपर्ने उनले सुझाव दिएका छन ।

डिसिएका कार्यक्रम व्यवस्थापक सुर्यकुमारी सुनारले पत्रकारिता मार्फत सरोकारवाला निकाय र समुदायलाई जिम्मेवार बनाउने काम गर्ने हुँदा यो तालिम उपलब्धीमूलक हुने बताए । दुई दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण आरआर क्याम्पस पत्रकारिता र आमसञ्चार विभाग प्रमुख डा। श्रीराम पौडेल, मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार र पत्रकारिताका उपप्रध्यापक युवराज शर्मा र केशरी जोशीले गरेका थिए । 

 कर्णालीको सात जिल्लामा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुलाई यो तालिम दिइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, डिसिए र सिसुको आयोजनामा सुर्खेत, दैलेख, रुुकमपश्चिम, सल्यान, जाजरकोट, जुम्ला र कालिकोटका ३० जना पत्रकारलाई तालिम दिइएको छ ।

Post a Comment

Previous Post Next Post