कविता ःतिमि त्यो मान्छे हुनु ।

 


केशर नेपाल । सुर्खेत 

तिमि त्यो मान्छे हुनु ।

जब-जब मानिसहरु सहयोगका खातिर हात अघि बढाउँछन ,

तिमि त्यो हात भरिदिने पुरक बनिदिनु ।

जब बुढा भएका असहाय बा-आमाहरु लट्ठि खोज्दै भौतारिरहेका हुन्छन्

त्यस बखत तिमि एउटा बालियो तर नबिझाउने लट्ठि बनिदिनु।

जब सडकमा भोकाहरु आफ्नो भोक मेटाउनका लागि खानेकुरा खोजिरहेका हुन्छन् ,

त्यतिबेला तिमि उनिहरुको खाना बनिदिनु ।

तिमि त्यस्तो मान्छे हुनु जो आलिसान महलमा समृद्धिका कुरामा भुल्ने होइन

भुईं मान्छेका आवाजको माइक बनिदिनु ।

तिमि त्यस्तो अभिभावक हुनु जो आफ्ना सन्तानहरुलाइ युरोप अमेरिका होइन

स्वदेशमै सुन फलाउनु पर्छ भन्ने संस्कार सिकाउन हरदम प्रयासरत हुनु ।।

आफ्ना सन्तानलाइ जागिर होइन , उद्द्मी भएर अघि बढनु पर्छ

भनि हुर्काउने एक कुशल मार्गदर्शक बनिदिनु ।

समाजमा जब फलानो जस्तो  बन्नु भनि उदाहरण दिइन्छ

त्यसबखत त्यो उदाहरणिय व्याक्तित्व तिमि हुनु ।

जब खडेरिले पृथ्वि आक्रान्त  भएको हुन्छ

त्यस बखत तिमि झरि बनि झरिदिनु ।

तिमि त्यो बेला घाम बनि झुल्कि दिनु ,

जब जिवजन्तु हरु चिसोले कठ्याङ्ग्रि रहेका हुन्छन् ।।

गर्नेले तिम्रो रिस , डाहा गर्लान

तर तिमि बकुल्लाले माछा खोजेझैं आफ्नो काममा ध्यान दिने एकलकांटे बनिदिनु ।

चौतर्फि तिम्रो आलोचना नै किन नहोस् ,

त्यो आलोचना पचाउन सक्ने हजमोला बनिदिनु ।

तिमि त्यो मान्छे हुनु

जसले सबैतिर सकारात्माक का किरण हरु फैलाओस ।।

-    केशर नेपाल

 


Post a Comment

Previous Post Next Post