दैलेख का सिडिओ सहित ; गृह मन्त्रालयका १० सहसचिव हेरफेर

 


२५ भाद्र २०८० । गृह मन्त्रालयले सोमबार १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । उक्त मन्त्रालयले राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरण मा कार्यरत रुद्रसिंह तामांग लाई अध्यागन विभाग को महानिर्देशक मा पठाएको छ । 

यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करीमा संलग्न दावा छिरिङसँग सम्पर्कमा रहेको खुलेपछि गृह मन्त्रालय तानेर उनलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त  समूहमा सरुवा गरिएको छ । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा जयनारायण आचार्य पुगेका छन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको नेतृत्व दैलेख का प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल ले गर्नेछन् । यस्तै गृह ले चार जना सिडियो को पनि सरुवा गरेको छ । 

कसको सरुवा कहा भयो ?

दैलेखका सिडिओ - गोगनबहादुर हमाल अध्यागमन कार्यालय

रूपन्देहीका सिडिओ भरतमणि पाण्डे – गृह मन्त्रालय

महोत्तरीका सिडिओ दीपक कुमार पहाडी - गृह मन्त्रालय
भक्तपुरका सिडिओ खगेन्द्रप्रसाद रिजाल - गृह मन्त्रालयमा
बागलुङका सिडिओ रोशनीकुमारी श्रेष्ठ - भक्तपुरको सिडिओ
गृह मन्त्रालयका सहसचिव गणेश अर्याल- रूपन्देहीको सिडिओ
शिवराम गेलाल - महोत्तरीको सिडिओमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको- दाङको सिडिओ
सहसचिव झलकराम अधिकारी – गृह मन्त्रालय


 


Post a Comment

Previous Post Next Post