बालदिवश को अबसरमा बालबालिका सङ्ग अन्तरक्रिया कार्यक्रमका साथ सम्पन्न ।

 




  दैलेख २०८०/भाद्र/२९ गते । सम्वाददाता । ५९ औं राष्ट्रिय बाल दिवशको अवशरमा दुल्लू नगरपालिका दैलेख ले "बालबालिकामा लगानी सुनिस्चित भबिष्यको थालनी भन्ने मुल नारा लाई मध्यनजर गरि बाल अधिकार, समस्या र चुनौती बिषयक बाल बालिका सङ्ग अन्तरक्रिया कार्यक्रम दुल्लू नगरपालिकाकोसभा हलमा सम्पन्न गरिएको छ ।। एकपात लक्जम्वर्क,आवाज,बालबिबाह बिरुद्द साझा अभियान,सेभ द चिल्ड्रेन, एभरेस्ट क्लब दैलेख र सक्रिय युबा क्लबको आर्थिक सहयोग तथा दुल्लू नगरपालिका को आयोजनामा सो कार्यक्रम गरिएको हो । दुल्लू नगरपालिकाका उप प्रमुख बिना कार्की को सभाध्यक्षता, एवम् प्रमुख प्रसाशकिय अधिकृत ज्ञानमणी नेपाल को अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम ४ सेसन मा सम्पन्न गरिएको थियो जसमा पहिलो सेशनमा बाल बिबाह न्यूनीकरणमा बालबालिकाको भुमिका शिर्षकमा दुल्लू नगरपालिकाका युबा खेलकुद तथा शिक्षा शाखा अधिकृत बिकाश जङ्ग शाहीले प्रशिक्षण गर्नु भएको थियो भने आवाज फिल्ड कार्यालय दैलेखका जिल्ला संयोजक प्रदिप थापाले प्रशिक्षण गर्नु भएको थियो। त्यस्तै दुल्लू नगरपालिकाका बाल कल्याण अधिकारी उमा उपाध्यायले बालबालिकाको सहभागिता र बाल क्लब गठन प्रक्रियाबारे प्रशिक्षण गर्नु भएको थियो । समापन सर्तमा बोल्दै सभाध्यक्ष बिना कार्की ले आयोजक तथा समन्वय गर्ने र उपस्थित बालबालिकालाइ धन्यवाद र अझै यस्तै कार्यक्रम गर्न आग्रह तथा समन्वय गर्न नगरपालिका तयार रहेको जानकारी दिनु भयो ।




Post a Comment

Previous Post Next Post