सम्वाददाता । भाद्र २५ ,२०८० । प्रधानमन्त्री तथा समाजवादी मोर्चाका नेता पुष्पकमल दाहाल प्रचण्ड ले सोमबार विराटनगर मा भएको समाजवादी मोर्चाको सन्देश सभामा आफ्ना कार्यकर्ता लाइ ईट को जवाफ फूलले दिनु भनेर उदघोष गरेका हुन् ।
सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’
यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु…, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’
उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्यो ।’
भोलि सुदूरपश्चिममा कार्यक्रम गरेसँगै सन्देश सभा सकिने भन्दै उनले लगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम बनाउने बताए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘लाखौं जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन पर्यो । अनि मात्र हाम्रो जित हुन्छ ।’

Post a Comment