संवाददाता
इलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीकै प्रमुख नाका हो । जिल्ला भित्रिने र बाहिरीने अधिकास सवारी साधन यहि सडक प्रयोग हने गर्छ । सडक दुर्घटनाको हिसावले समेत यो क्षेत्र अति सम्वेदनसिल क्षेत्र समेत हो । पछिल्लो समय यस क्षेत्रका सडकमा गुडने सवारी साधनको नियम पालना कम्जोर बनेको छ । यस अघिका प्रहरी प्रमुख होम रेग्मीले क्षमता भन्दा बढि यात्रु राख्ने सवारी तथा वढि भाडा लिने सवारीलाइ निरन्तर अनुगमन र कारवाही गरे पछि हटेको वेथिति पुनु सुरु भएको देखिन्छ । यस सडकमा गुड्ने हाइसले अगाडीकै सम्बेदनसिल सिटमा चालकलाइनै असर पुग्ने गरि क्षमता भन्दा बढि यात्रु सवार गराउदा समेत कुनै कारवाही भएका छैन्न पछिल्लो एक हप्तामा इप्रका ठाडाको चेकिङ्ग प्वाइन्टमा क्षमता भन्दा बढि यात्रु राख्नु कुनै कारवाही भएको छैन भने यो समयमा ट्राफिकले समेत कुनै जरिवाना सो समयमा गरेको छैन । ट्राफिक प्रहरीले चेकिङ्गको समयमा केहि सवारी कारवाही गरे पनि प्रहरी बिटमा लापरवाही हुने गरेको छ । बुधबार साझ ६ बजे विटमा ५ सिट क्षमताको डवल क्यापमा १४ जना सवार हुँदा समेत विटमा बस्नु भएकि महिला प्रहरीले कुनै मतलवनै नगरे पछि ट्राफिकलाइ स्थानियले जानकारी गराए पछि मात्र सामान्य कारवाही गराइएको छ । उनै महिला प्रहरीलाइ सोही समयमै क्षमता भन्दा बढि यात्रु र बालुवा बोकेर आएको टिप्परलाइ कुनै साेधपुछ समेत नगरे पछि प्रहरीले नै नियम विपरित हिड्ने सवारीलाइ उनमुक्ती दिनेगरेको पाइएको छ । यस्तै साझको समयमा हिड्ने सवारीलाई इन्ट्री समेत नगरि छाड्ने गरिएको छ खास गरि अर्घाखाँचीमा भैसी जिल्ला बाहिर लान राेक लगाइएको भए पनि रातिमा ठाडा नाकाबाट सहजै जाने गरेका छन । प्रहरीलाइ जानकारी गराउदा समेत प्रहरीले नपक्रने र भगाउने गरेका छन ।
Post a Comment