राइजिङ कर्णाली । हृदयाघात रोगका कारण प्रत्येक वर्ष १ करोड ७७ लाख भन्दा धेरै मानिसहरूको ज्यान जाने गर्छ ।
यसरी धेरै मानिसहरु मारेर संसारकै सर्वश्रेष्ठ हत्यारा कहलिएको यो रोग विशेषतः मुटुलाई रक्तआपूर्ति गराउने कोरोनरी धमनीको रोग हो । हृदयाघात यी धमनी वा धमनीका शाखाभित्र अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भागभन्दा अगाडिका हृदयपेशीहरू अक्सिजन र पोषकतत्वको अभावमा मर्न गई देखा परेको आपतकालीन समस्या हो ।
यो रोग अकस्मात घटित भए तापनि यसको पछाडि धमनीहरूमा कोलेस्ट्रोल जम्न गई धमनी साँघुर्याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वर्षौ वर्षदेखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्टोरोल जमाउन एउटा नभएर धेरै कारणहरू जिम्मेवार भएकाले यस रोगलाई बहुकारणिक रोग पनि भनिन्छ ।
१९८१ मा सर विलियम्सले मुटुरोगका २४६ कारणहरुको खोजी गरेका थिए जसमध्ये ५४ वटा आनिबानीसँग, १६ वटा शरीर तथा जैविकतासँग, ४४ वटा रगत र रगतको रोगसँग, ४५ वटा अन्य रोगहरुसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरीर रचनासँग १६ वटा वंशानुगत, हुन भने ५ वटा वातावरण र ६ वटा दवाइ तथा औषधोपचारसँग सम्बन्धित छन् । यीे कारणहरुलाई उल्टाउन सकिने र नसकिने गरी २ समूहमा विभाजन गरिएको छ ।
उल्ट्याउन नसकिने कारणहरूः
मुटु रोगका यस्ता कारणहरू पनि छन् जसलाई उल्ट्याउन वा हटाउन सकिँदैन । ४० वर्ष पछिको उमेर, पुरूष लैङ्गिकता र हृदयाघातको पारिवारिक इतिहास यो रोगका उल्ट्याउन नसकिने कारणहरू हुन् ।
१) उमेरः ४० वर्षको उमेर पारगरिसके पछि हरकसैलाई मुटुरोग लाग्ने खतरा रहन्छ । यसो हुनुको मुख्य कारण उमेर बढ्दै गएपछि धमनीहरूमा कोलेस्ट्रोल जम्मा भएर धमनीहरू साँघुर्याउने समस्या तीब्र हुनाले हो । यदि ४० वर्षभन्दा पारिको उमेरसँगै व्यक्तिमा अन्य जोखिमहरु पनि भए हार्टएट्याक चाँडै हुन सक्छ ।
२) पुरुष लैङ्गिकताः हृदयघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्टो«जन नामक सेक्स हारमोनले हृदयघातबाट बचाउने वैज्ञानिक दाबी छ । यसका अलावा महिलाहरुमा कम तनाव वा सहज व्यक्तित्व कम सुर्ती सेवन तथा धुम्रपान जस्ता अन्य जोखिम कम हुने हुनाले हृदयघात कम हुने मानिन्छ तर यी जोखिमबाट बच्न नसक्ने महिलालाई पुरुष बराबर नै हृदयघातको जोखिम रहन्छ । महिनावारी सुकेका पाठेघर तथा डिम्बसायका अपरेसन गराएका गर्भ निरोधक चक्की खाने र धेरैचोटि गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ ।
३) पारिवारिक इतिहासःहृदयघात अनुवांशिक रोग पनि हो । जुन आमा-बुबाहरुबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुब्ला पातला भएपनि उनीहरुको कलेजोले प्राकृतिक रूपमै धेरै कोलेस्ट्रोल बनाउँछ फलतः हृदय रुग्ण भई हृदयघात हुन सक्छ । यस्ता व्यक्तिहरुले जीवनशैली परिवर्तनका साथसाथै कोलेस्ट्रोल कम गर्ने औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ ।
उल्ट्याउन सकिने कारणहरूः
जीवनशैली परिर्वतन गरेर वा औषधिसेवन गरेपश्चात न्यूनीकरण गर्न वा हटाउन सकिने कारणहरूलाई उल्ट्याउन सकिने कारण भनिन्छ ।
१) उच्च रक्त संयुक्त कोलेस्ट्रोलः
कोलेस्ट्रोल रगतमा पाइने र शरीरलाई चाहिने एक किसिमको चिल्लो पदार्थ हो । तर यो तत्वको रक्तमात्र सामान्यभन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरूमा जम्नगई हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस जस्ता समस्या गराउँदछ । माछा, मासु, अण्डा, दूध, दही, क्रिम, मख्खन, चीज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्ट्रोल पाइन्छ, वनस्पतिजन्य चिल्लोमा पाइँदैन ।
यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्ट्रोललाई कलेजोबाट अन्य तन्तुमा पुर्याउनुपर्ने हुन्छ । कलेजोमा बनेको कोलेस्ट्रोललाई रगत भएर ट्रान्सपोट गर्न केही ट्रान्सपोर्टर प्रोटिनहरू चाहिन्छ । ती प्रोटिनहरूलाई काइलोमाइक्रोन, एलडीएल, भिएलडीएल र एचडीएल प्रोटिन भनिन्छ । यी प्रोटिनहरु ट्राइग्लिसेराइड र कोलेस्ट्रोलसंग जोडिएपछि यसलाई काइलोमाइक्रोन,एलडीएल, भिएलडीएल र एचडीएल कोलेस्ट्रोल भनिन्छ र यी प्रोटिन युक्त वा फ्रि कोलेस्ट्रोल रगतमा घुम्दा चिपचिप भई रक्त नलीका भिताहरुमा टासिन पुग्छ । फलतः रक्तनलीका भित्तामा प्लाक नामक चिल्लोको डल्लो बनाई हृदयघात वा मस्तिस्कघात गराउँछ।
२) उच्च रक्त एलडीएल कोलेस्ट्रोलः
यसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ । यो लिपोप्रोटिनले कोलेस्ट्रोललाई कलेजोबाट अन्य तन्तुहरुसम्म लैजान वाहन तथा कोलेस्ट्रोलले बोक्ने मुख्य साधन हो । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यति नै एलडीएलको मात्रा ज्यादा हुन्छ । ज्यादा भएको एलडीएल उपापचयी फ्रि रेडिकलहरुसँग मिलेर रगतका नसाहरूलाई घात गर्नसक्ने विषाक्त तत्वमा परिवर्तित हुन पुगी रक्तनलीहरूमा सूक्ष्म घाउहरु बनाउँछ । यो घाउ भए पश्चात् उक्त ठाउँ प्रदाहतमक क्रिया सुरु हन्छ र घाउ भएको स्थानमा कोलेस्ट्रोल क्यालसियम र मृत कोषहरुले बनेको प्लाक नामक डल्लो बन्छ ।
यो डल्लोले नसा साँघुर्याएर उक्त अंगहरुको रक्त सञ्चारलाई प्रभावित पार्दछ । रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलियम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टरको उत्पादन कम गराउछ र उक्त नलीहरुलाई टाइट राखिरहन्छ ।
३) उच्च भीएलडीएल कोलेस्ट्रोल : यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नसाका भित्ताहरुमा जम्न पुग्छ र मुटु तथा रक्त नलीका रोग लगाउँछ
Post a Comment