बा !
एक स्वतन्त्र शब्द ‘बा’ एक भावना हो
‘बा’ शब्द आफैमा एक प्रेम हो
जसरी ‘बा’ शब्द बनाउनलाई अरु शब्दको आवश्यकता पर्दैन
त्यसरीनै सन्तानलाई ‘बा’ को साथ् भए अरुको आवश्यकता पर्दैन ।
अंग्रेजीमा ‘फादर’ , हिन्दीमा ‘पापा’ ,जताततै ‘Dad’ ले चिरपरिचित शब्द हो बा !
नेपालीमा पनि कसैले पिताजी ,बाबा , ड्याडी भन्छन् बा लाई
नाम जस्तै अनेक क्षमता भएका ‘बा’ ले हृदयमा छुट्टै स्थान लिनुभएको हुन्छ .
अफ्ट्यारो पर्दा ऐया! बा , आत्था नी ! बा , ए बा ! भन्ने शब्द मुखबाट आफै निस्किन्छ
जब म अफ्ट्यारो भुमरीमा परेको हुन्छु त्यतिबेला म मेरा बा लाई सम्झन्छु ,
जब म सफल भएको अनुभव गर्छु त्यतिबेला म मेरा बा लाई सम्झन्छु ,
मेरा ‘बा’ जहिले अरुलाई दुख दिनु हुदैन भनेर सिकाउनुहुन्छ ; अनि फेरी
आफै फलानो लाईट उछिन्न् पर्छ है भन्नुहुन्छ
सायद उहांलाई मैले फलानोलाई उछिन्दा फलानो कति दुखि हुन्छ भन्ने कुरा थाहा छैन ,
मेरा बा ! अचम्मको हुनुहुन्छ , हामि छोराछोरीलाई साँझ पर्नु भन्दा अगावै घर आउनु पर्छ भनेर सिकाउनु हुन्छ
आफु चाही काम थियो भन्दै आधि रातमा घर आउनुहुन्छ
म कतै गए भने छिट्टै घर आइज है भन्नुहुन्छ
अनि फेरी बाटोमा लड़ियला ख्याल गरि हिड्नु भन्नुहुन्छ ,
हामीलाई केहि दुख पर्यो भने ‘बा’ लाई सम्झेर रुन्छौ
थाहा छैन बा लाइ दुख पर्यो भने कसलाई सम्झेर रुनुहुन्छ
सायद ! बा रुनु नै हुदैन अथवा उहालाई दुख नै पर्दैन
त्यसैले त हामि छोराछोरीको सामु कहिल्यै रुनु भएको छैन
जब म सफल भएको हुनेछु ,तब मलाई प्रश्न सोधिनेछन् ,
तपाइको सफलता को प्रेरणा को स्रोत को हो ?
त्यतिबेला म गर्वका साथ् भन्नेछु , मेरो सबैभन्दा ठुलो प्रेरणा मेरा बा हुनुहुन्छ
आफ्नो जीवन मा कहिल्यै नहारेका बा !
हामि सन्तानका लागि दिनदिनै हार्नु भएको हुन्छ ,
मलाई याद छ सानोमा बा को औंला समात्दै स्कुल हिंडेको
स्कुल बाट फर्किदा भोक लाग्यो होला भनि खाजा खान दिएको
याद छ मलाई मैले अलिकति खाजा पोख्दा बेस्सरी हकारेको
याद छ मलाई A , B ,C ,D नजान्दा टाउकोमा हिर्काएको
लाग्छ बा को हिर्काइ पनि एक सफलताको शुत्र हो
त्यसैले त अहिले अंग्रेजीका ठुला ठुला शब्द सहजै उच्चारण गर्न सक्ने भएको
Post a Comment